Logo

बुधवार, आषाढ ९ गते २०७८

दीपक मनाङ्गे गायव प्रकरण : ‘गुण्डा नाइके’ गणेश लामा पक्राउ परे

दीपक मनाङ्गे गायव प्रकरण : ‘गुण्डा नाइके’ गणेश लामा पक्राउ परे

नेपालपाना जेठ २७ २०७८
  • 2.4K
    SHARES
  • दीपक मनाङ्गे गायव प्रकरण : ‘गुण्डा नाइके’ गणेश लामा पक्राउ परे

    काठमाडौं । गण्डकी प्रदेशका निवर्तमान युवा तथा खेलकुद मन्त्री दीपक मनाङ्गे गायव भएका छन् । बिहीबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वसको मत लिने भएपछि बिहानैबाट मनाङ्गे सम्पर्कविहीन बनेको  हुन् ।

    मनाङ्गे गायव भएपछि विभिन्न अपराधिक गतिविधिमा संलग्न हुँदै आएका गणेश लामा पोखराको लेकसाइडबाट पक्राउ परेका छन् ।निवर्तमान मन्त्री मनाङ्गेलाई भेट्न आएको भन्दै सोधपुछका लागि उनलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

    यसअघि भने मुख्यमन्त्री गुरुङको पक्षमा उभिएका मनाङ्गेलाई गणेश लामाले विपक्षमा मतदान गर्न फोर्स गरेको बुझिएको छ । लामा र मनाङ्गेबीच बुधबार साँझ लेकसाइडको एक होटलमा भेट भएको प्रहरीको भनाइ छ । सो भेटपछि नै मनाङ्गेले विपक्षमा मतदान गर्ने धारणा बनाएको बताइएको छ ।

    जेठ २७, २०७८ बिहिवार १९:४५:१६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पक्राउ

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana