Logo

बुधवार, आषाढ ९ गते २०७८

पाकिस्तानमा बेपत्ता छानबीनको माग गर्दै प्रदर्शन

पाकिस्तानमा बेपत्ता छानबीनको माग गर्दै प्रदर्शन

नेपालपाना जेठ २८ २०७८
  • 1.3K
    SHARES
  • पाकिस्तानमा बेपत्ता छानबीनको माग गर्दै प्रदर्शन

    कराँची । पाकिस्तानमा बेपत्ता छानबीनको माग गर्दै प्रदर्शन भएको छ । 

    बेपत्ता छानबीनको माग गर्दै परिवार र आफन्तजनले कराँचीमा सिन्ध प्रान्त गभर्नरको निवास अगाडी प्रदर्शन गरेका छन् । बेपत्ताहरुको परिवारलाई सिन्ध गभर्नर इमरान इस्मेल ले भेट्न अस्वीकार गरेपछि पीडित पक्षले प्रदर्शन गरेका हुन् । सिया बेपत्ता संयुक्त कार्य समितिका नेताहरु तथा पीडित पक्ष गभर्नरलाई ज्ञापन पत्र बुझाउन जाँदा गभर्नर इस्मेलले भेट गर्न अस्वीकार गरेका थिए ।

    पाकिस्तानमा बेपत्ता हुने अधिकांस अल्पसंख्यक सिया समुदायका रहेका छन् । प्रदर्शनकारीहरुले राष्ट्रपति, प्रधानमन्त्री, सेनापति लगायतका तस्बीर सहित प्रदर्शन गरेका छन् । सरकार समक्ष पटक पटक बेपत्ता छानबीनको माग गरेपनि सरकारले बेवास्ता गर्ने गरेको परिवारजनले गुनासो गरेका छन् । स्रोत डन 

    जेठ २८, २०७८ शुक्रवार ०८:३२:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पाकिस्तान

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana