Logo

बुधवार, आषाढ ९ गते २०७८

पत्रकार आक्रमणको दोषी पक्राउ गर्न अमेरिकाद्धारा पाकिस्तान सरकारलाई आग्रह

पत्रकार आक्रमणको दोषी पक्राउ गर्न अमेरिकाद्धारा पाकिस्तान सरकारलाई आग्रह

नेपालपाना जेठ २८ २०७८
  • 1.2K
    SHARES
  • पत्रकार आक्रमणको दोषी पक्राउ गर्न अमेरिकाद्धारा पाकिस्तान सरकारलाई आग्रह

    वासिंगटन । पाकिस्तानमा बरिष्ठ पत्रकार अब्सर आलममाथि आक्रमण गर्ने दोषी पक्राउ गर्न अमेरिकाले पाकिस्तान सरकारलाई आग्रह गरेको छ । 

    अमेरिकी विदेश मन्त्रालयले प्रेस स्वतन्त्रता र पत्रकारहरुको संरक्षण महत्वपूर्ण बिषय रहेको भन्दै पत्रकार आलममाथि आक्रमण गर्ने दोषी पत्ता लगाउन पाकिस्तानी स्थानीय सरकारलाई आग्रह गरेको हो । पत्रकार आलमलाई इस्लामाबादस्थित आफ्नो निवास नजिकै पार्कमा गोली हानी हत्याको प्रयास भएको थियो । अमेरिकी विदेश मन्त्रालयले ट्विइट मार्फत वरिष्ठ पत्रकार आलमको सुस्वास्थ्यको कामना गर्दै दोषी पक्राउ गर्न पाकिस्तान सरकारलाई आग्रह गरेको छ ।

    त्यस्तै पाकिस्तान मानव अधिकार आयोगले आलम माथि हत्या प्रयास भएको भन्दै आक्रमणको निन्दा गरेको छ । आक्रमणकारीले आफुमाथि पेटमा गोली हानेर आक्रमण गरेको पत्रकार आलमले भिडियो सन्देशमार्फत बताएका छन् । पाकिस्तानमा बिशेषगरि सेनाको आलोचना गरेको आरोपमा पाकिस्तान बिधुतिय अपराध ऐन २०१६ अन्तर्गत पत्रकार र मिडियाहरुमाथि कारबाही हुने गर्दछ । स्रोत याहु फाइनान्स

    जेठ २८, २०७८ शुक्रवार ०८:४०:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पाकिस्तान

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana