Logo

बिहिवार, श्रावण २१ गते २०७८

महेश बस्नेतलाई मन्त्री नबनाएपछि युवा संघका अध्यक्ष आक्रोशित, अवरोध गर्नेलाई दिए दनक

महेश बस्नेतलाई मन्त्री नबनाएपछि युवा संघका अध्यक्ष आक्रोशित, अवरोध गर्नेलाई दिए दनक

नेपालपाना जेठ २८ २०७८
  • 2.6K
    SHARES
  • महेश बस्नेतलाई मन्त्री नबनाएपछि युवा संघका अध्यक्ष आक्रोशित, अवरोध गर्नेलाई दिए दनक

    काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेत गृह मन्त्री हुने चर्चा निकै चल्यो । तर गण्डकीका खजराज अधिकारी बने । खगराजभन्दा काबिल र युवाका हिसाबले पनि बस्नेत गृहमा उपयुक्त थिए । तर उनलाई पार्टीभित्रकै केही नेताले बन्न नदिएको तथ्य बाहिर आएको छ । खासगरी प्रधानमन्त्रीको सचिवालयका सदस्य र एमालेकै केही नेताले अवरोध गरेपछि एउटा युवा नेताले अवसर गुमाउन पुगे । यस्तोमा युवा संघका अध्यक्ष किरण पौडेलले आक्रोश पोखेका छन् । युवा संघका इन्चार्ज महेश बस्नेत मन्त्रीबाट वञ्चित भएपछि अध्यक्ष पौडेलले आक्रोश पोखेका हुन् । 

    प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दा बस्नेत छुटेपछि अध्यक्ष पौडेलले सामाजिक सञ्जाल फेसबुकमै सार्वजनिक रुपमै असन्तुष्टि पोखेका छन् ।

    पौडेलले लेखेका छन्, ‘राणाकालीन तथा मध्य शाह वंशीयकालीन इतिहासका पानामा पढ्ने गरेका षड्यन्त्र, दाउपेचका कथाहरूको झझल्को दिने अनेक हत्कण्डाहरू आज हाम्रै पुस्ताका नेताका विरुद्ध, हाम्रा तमाम युवाहरूका कमान्डरविरुद्ध रहँदा युवा पुस्तामा हामी र हाम्राविरुद्ध मात्र हैन, सिंगो राजनीतिविरुद्ध वितृष्णा पैदा हुनेछ।’

    जेठ २८, २०७८ शुक्रवार १७:५२:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # महेश बस्नेत

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana