Logo

बिहिवार, श्रावण २१ गते २०७८

न्यायाधीश फेर्नका लागि अदालतलाई धम्क्याउने विपक्षी गठबन्धनका ५ टाउकेले दोष ओलीमाथि लाउने?

न्यायाधीश फेर्नका लागि अदालतलाई धम्क्याउने विपक्षी गठबन्धनका ५ टाउकेले दोष ओलीमाथि लाउने?

नेपालपाना जेठ ३० २०७८
  • 4.1K
    SHARES
  • न्यायाधीश फेर्नका लागि अदालतलाई धम्क्याउने विपक्षी गठबन्धनका ५ टाउकेले दोष ओलीमाथि लाउने?

    काठमाडौं । केही दिनअघि नेकपा एमालेका युवा नेता महेश बस्नेतले एक अन्तर्वार्तामा भने, 'अदालतमा संवैधानिक इजलासमा वामपन्थी पृष्ठभूमिका वकिलहरु जो वामपन्थी सरकारबाट लाभ लिन पाइएन भनेर कुण्ठा बोकेर बसेका छन् शम्भु थापा टीकाराम थापा लगायतका साथीहरुले जे खालको बहस उठाउनुभयो त्यसमा लत्तिएर कांग्रेस वकिल साथीहरु लागिरहनुभएको छ यो न्यायालयका नसा टुक्रा टुक्रा काट्ने न्यायलयमाथि प्रश्न उठाउने र कमजोर बनाउने भनेर गम्भीर प्रश्न उठेको छ ।'

    बस्नेतले भनेजस्तै यसपालिको प्रतिनिधिसभा विघटनमा आफू कमजोर भएपछि कांग्रेस, माओवादी, माधव नेपाल, उपेन्द्र यादव र दुर्गा पौडेलको विपक्षी गठबन्धनले सुरुवात देखि नै अदालतलाई प्रभावित पार्ने, दबाब दिने र हामीले भनेजस्तो भएन भने अदालतलाई बदनाम गर्ने काम गरेर धम्क्याउने काममा लागिरहेको छ ।

    विपक्षी गठबन्धन दबाब र धम्कीपूर्ण गतिविधिले अदालत पनि गलेको छ । न्यायाधीश परिवर्तन गर्न बाध्य भएको छ । न्यायाधीश परिवर्तन भएसँगै प्रचण्डले भन्न थालेका छन् अब प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ । विपक्षी गठबन्धनमा पनि न्यायाधीश परिवर्तनसँगै आफूले जितेको सञ्चार भएको छ । विपक्षी गठबन्धनले अदालतदेखि आम जनमानसमा पुनर्स्थापनाको पक्षमा माहोल बनाउन दबाब सिर्जना गर्नका लागि मिडिया ट्रायलदेखि वकव्यबाजीदेखि सामाजिक सञ्जालसम्मको व्यापक प्रयोगको रणनीति लिएको छ । यो तथ्य बाहिर आएपछि संवैधानिक इजलासमा महान्यायाधिवक्ता रमेश बडालले मिडिया ट्रायल गरिरहेको भन्दै प्रश्न उठाएका थिए ।

    यसरी विपक्षी गठबन्धन योजनाबद्ध लागेका बेला अर्को वक्तव्यबाजीमा उत्रिएको छ । विपक्षी गठबन्धनका ५ पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, प्रचण्ड, बाबुराम भट्टराई, माधव नेपाल र झलनाथ खनालले संयुक्त विज्ञप्ति जारी गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई धम्क्याएको आरोप लगाएका छन् । महान्यायाधिवक्तामार्फत धम्क्याएको उनीहरुको आरोप छ । आम जनमानसमा ओलीविरुद्ध भ्रम छर्न र आफ्नो पक्षमा माहोल बनाउनका लागि दबाब सिर्जना गर्न विपक्षी गठबन्धनका ५ टाउकेले वक्तव्यबाजी गरेका छन् ।

    जबकी व्यवहारमा विपक्षी गठबन्धनले अदालतलाई धम्क्याएर न्यायाधीश समेत परिवर्तन गर्न सफल भइसकेको छ । विपक्षीले भनेअनुसार विपक्षी गठबन्धनको माग सम्बोधन हुनेगरी, विपक्षी गठबन्धनको पक्षमा खुलेका न्यायाधीशलाई इजलासमा राखेपछि सरकारले आपत्ति जनाउनु स्वभाविकै हो । महान्यायाधिवक्ताले विपक्षी गठबन्धनमा खुलेका न्यायाधीश दिपक कार्की र आनन्दमोहन भट्टराईमाथि प्रश्न उठाएका थिए । यसलाई विपक्षी गठबन्धनले अदालतलाई धम्क्याएको रुपमा व्याख्या गरेको छ ।

    जबकी सुरुमै न्यायाधीशमाथि प्रश्न उठाएर अदालतलाई दबाब प्रभाव र बदनाम गराउने विपक्षी गठबन्धनका कानुन व्यवसायी नै दिए । त्यसलाई राजनीतिक रंग दिए न्यायाधीशद्वय कार्की र भट्टराईले त्यो पनि पदीय मर्यादा नाघेर आफ्नै सहकर्मीमाथि प्रश्न उठाउँदै । दुबैले वरिष्ठताको रवाफ पनि देखाएपछि महान्यायाधिवक्ताले प्रश्न उठाउने । महान्यायाधिवक्ता बडालको प्रश्नले आफ्नो पक्षमा खुलेका न्यायाधीश इजलासबाट आउन हुने भएपछि विपक्षी गठबन्धनलाई चिन्ता भयो र अनि आरोप लगाए कि ओलीली अदालत धम्क्याए ।

    यति आरोप लगाइसकेपछि अदालत अझै आफ्नो पक्षमा आउने र सरकारलाई पनि बदनाम गराउन सकिने रणनीति रहेको विपक्षी गठबन्धनका नेताहरु बताउँछन् । एकातिर आफै अदालत धम्क्याउने र त्यसको दोष ओलीलाई लाउने द्वैध चरित्र देखाएर विपक्षी गठबन्धनले न्यूतम राजनीतिक नैतिकता समेत गुमाएको छ । पूर्वप्रधानमन्त्रीहरु सत्ताका लागि नैतिकता गुमाएर वक्तव्यबाजीमा उत्रिएका छन् ।

    जेठ ३०, २०७८ आइतवार ०७:३६:१५ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana