Logo

बिहिवार, श्रावण २१ गते २०७८

राजनीतिका मास्टर माइण्ड महेश बस्नेतलाई रोक्ने बालुवाटारका यी तीन ठेकेदार, जसलाई युवा संघले दियो चेतावनी

राजनीतिका मास्टर माइण्ड महेश बस्नेतलाई रोक्ने बालुवाटारका यी तीन ठेकेदार, जसलाई युवा संघले दियो चेतावनी

नेपालपाना आषाढ ७ २०७८
  • 45.6K
    SHARES
  • राजनीतिका मास्टर माइण्ड महेश बस्नेतलाई रोक्ने बालुवाटारका यी तीन ठेकेदार, जसलाई युवा संघले दियो चेतावनी

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई घेराबन्दी गरेर नेकपा एमालेका युवा नेता महेश बस्नेतलाई गृहमन्त्री बन्नबाट रोक्ने बालुवाटारका तीन जना ठेकेदारलाई युवा संघले कडा चेतावनी दिएको छ । 

    बस्नेतविरुद्ध प्रधानमन्त्री उचाल्ने तीन सल्लाहकारको भूमिकामा अध्यक्ष किरण पौडेलले असन्तुष्टि जनाइसकेका बेला युवा संघका उपाध्यक्ष सञ्जीव कुमार झा सुरजले बस्नेतविरुद्ध कुरा लगाउनेलाई भविष्यमा हिसाब किताब हुने चेतावनी दिएका छन् । 

    पार्टीका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा संघका इन्चार्ज बस्नेत नेपाली राजनीतिको हिरो भएको बताउँदै झाले बस्नेतविरुद्ध लाग्ने आगामी दिन ठिक नहुने चेतावनी दिए ।   

    एमालेमा मात्र नभई नेपाली राजनीतिमा विचार, क्षमता, दृढता तथा मिसन र भिजनका धनी व्यक्ति इन्चार्ज बस्नेत रहेको दावी गर्दै उपाध्यक्ष झाले प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा रहेर बसेका विष्णु रिमाल, डा. राजन भट्टराई तथा सूर्य थापाले धेरै चुरीफुरी नगर्न समेत चेतावनी दिए ।

    जनता, मुलुक तथा पार्टीको खम्बाको रुपमा स्थापित भइसकेका संघका इन्चार्जमाथि पटक पटक प्रधानमन्त्रीको सचिवालयमा बसेर जालजेल, तिकडम तथा गुटको राजनीति नगर्न चेतावनी दिँदै उपाध्यक्ष झाले अरुले लगाएको बालीलाई काटेर धेरै फुर्ति नगर्न प्रमका सचिवालयका तीन नेतृत्वलाई सचेत गराए ।

    नेता बस्नेतले वर्तमान एमालेको सरकार टिकाउन तथा संसदमा बहुमत पुर्याउन महत्वपूर्ण भूमिकालाई स्मरण गराउँदै उपाध्यक्ष झाले हिजो, आज र भोलीलाई बुझ्नको लागि प्रधामन्त्रीका सचिवालयका तीन जनालाई सचेत गराए । महेश बस्नेतले जनता समाजवादी पार्टीका १३ सांसदबाट २० जनालाई आफ्नो पक्षमा ल्याउन खेलेको भूमिका र एमालेको सरकारलाई बहुमत पुर्याउन खेलेको भूमिका इतिहासले समेत भूल्न नसक्ने झाको भनाइ छ । नेता बस्नेतले पुर्याएको बहुमतको सरकारको नेतृत्वको सचिवालयमा बसेर बस्नेतमाथि नै जालसाजी तथा टिकडम धेरै दिन टिक्न नसक्ने समेत उनले स्पष्ट पारे ।

    ‘जसले जति चुरी फुरी लगाए पनि बास्तबिकता यही हो कि महेश बस्नेत र उनको टीमले नै विपक्षी गठबन्धनलाई बहुमत पुग्न दिएनन र महन्थ ठाकुरको टीमलाई १३ बाट २० सान्सदसम्म पुर्याई सरकारलाई सहज गरि दिएको हो । अरुले लगाएको बालीलाई काटेर धेरै फुर्ति फार्ती कसैले नलगाउँदा हुन्छ । फेरि रोपाईको बेला आउँछ त्यति बेला थाह होला नि । मात्र पर्ख र हेर । आत्मकथाले मात्र होईन समयले पनि धेरै रहस्य खोल्छ,’ झाले भने ।

    आषाढ ७, २०७८ सोमवार १३:११:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # महेश बस्नेत

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana