Logo

बिहिवार, श्रावण २१ गते २०७८

ओली सरकारका २० मन्त्री हट्ने आदेशमा सर्वोच्च अदालतसँग प्रचण्डको सेटिङ? महेश बस्नेतले यसरी खोले पोल

ओली सरकारका २० मन्त्री हट्ने आदेशमा सर्वोच्च अदालतसँग प्रचण्डको सेटिङ? महेश बस्नेतले यसरी खोले पोल

नेपालपाना आषाढ ८ २०७८
  • 7.9K
    SHARES
  • ओली सरकारका २० मन्त्री हट्ने आदेशमा सर्वोच्च अदालतसँग प्रचण्डको सेटिङ? महेश बस्नेतले यसरी खोले पोल

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २० मन्त्री थपेर गरेको मन्त्रिमण्डल पुनर्गठनलाई सर्वोच्च अदालतले अन्तरिम आदेशबाट बदर गरेको छ । 

    तर यो फैसलामा नयाँ ट्विस्ट आएको छ । विपक्षी गठबन्धनका नेता पुष्पकमल दाहाल प्रचण्डले हिजै २० मन्त्री हट्न लागेको सूचना दिएका थिए । र त्यसको भोलिपल्ट सर्वोच्चबाट त्यस्तै आदेश भएपछि सेटिङ भएको अनुमान गरिएको छ । 

    नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतको आदेशबारे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हिजै भविष्यवाणी गरेको भन्दै उनले सेटिङको प्रश्न उठाएका छन् । 

    हिजो धादिङमा कार्यकर्ताबीच प्रचण्डले सर्वोच्चले २१ जना मन्त्रीहरू पदमुक्त गराइदिने सूचना आफूले पाएको भनेर बोलेको समाचार केही मिडियामा आएका थिए । बस्नेतले प्रचण्डको उक्त भविष्यवाणी कसरी मिल्न गयो ? भन्दै प्रश्न उठाएका छन् ।

    उनले लेखेका छन्, ‘यो फैसलापछाडि आमर”पमा के प्रश्न उठेको छ भने, अदालतका फैसलाहरु कि सेटिङमा हुने गर्दछन् कि न्यायालयहरूले सम्भाव्य फैसलाको पूर्वानुमान खास ठाउँमा दिने गर्छन् । कि प्रचण्डको भविष्यवाणी काग कराउनु कुखुरा हराउनु भएको हो । जे भए पनि न्यायालयको बारेमा जे भैरहेको छ ठीक भैरहेको छैन ।’

    राजनीति बिग्रँदा अराजकता फैलने भन्दै उनले न्यायालय बिग्रदा जनतामा निराशा प्रकट हुने बताएका छन् । ‘जे होस अन्तरिम आदेशको अन्तर्य हेर्दा प्रधानमन्त्रीले संसद बिघटन गरेर निर्वाचनको घोषणा गरेकोलाई भने स्वीकार गरेको देखियो,’ उनले लेखेका छन् ।

    आषाढ ८, २०७८ मंगलवार १८:३४:०१ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana