काठमाडौं। हुम्लामा चीनले नेपाली भुमी मिचेर भवन बनाएको घटना झण्डै १० महिना अघि सार्वजनीक भइसकेको छ ।
यस्तोमा आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितको टीम सो क्षेत्रमा पुगेको थियो ।
उनले यो बिषयमा हुम्लामा चीनसँगको सीमा क्षेत्रको भ्रमणबारे स्पष्टीकरण दिँदै यस्तो अभिव्यक्ती दिएका हुन् ।
आफु विकास निर्माण परियोजना अनुगमन गर्न गएकाले गृह मन्त्रालय वा परराष्ट्र मन्त्रालयलाई जानकारी दिन आवश्यक नभएको बताएका हुन् ।
सीमा मामिला संघीय सरकारको जिम्मेवारीमा पर्छ। सीमाको व्यवस्थापन गृह मन्त्रालय र द्वीपक्षीय मामिला परराष्ट्र मन्त्रालयले हेर्छ। तर, मुख्यमन्त्रीले सीमा क्षेत्रको भ्रमण गरेपछि प्रश्न उठेको थियो।
मुख्यमन्त्री शाहीले भने सत्ता साझेदार दल नेपाली कांग्रेसको संसदीय दलका नेता जीवनबहादुर शाहीसँगै हुम्लाको भ्रमणमा जाँदा सीमा स्तम्भ पनि हेरेको बताए।