Logo

बिहिवार, माघ १३ गते २०७८

images
images

माओवादी नेतृत्वकाे प्रदेश सरकार असफल, बजेटमाथि छलफल नै हुन सकेन

माओवादी नेतृत्वकाे प्रदेश सरकार असफल, बजेटमाथि छलफल नै हुन सकेन

नेपालपाना आषाढ २९ २०७८
  • 3.4K
    SHARES
  • माओवादी नेतृत्वकाे प्रदेश सरकार असफल, बजेटमाथि छलफल नै हुन सकेन

    काठमाडौं। आगामी आर्थिक वर्ष २०७८७९ को बजेट प्रस्तुत गरेको एक महिना बित्नै लाग्दासमेत कर्णाली प्रदेशसभामा अझै छलफल शुरु हुन सकेको छैन । 

    प्रदेशसभामा प्रस्तुत बजेट असार महिनाभित्र पारित भइसक्नुपर्ने संवैधानिक व्यवस्था रहे पनि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को लगातारको अवरोधका कारण छलफलसमेत शुरु हुन नसकेको हो । 

    प्रदेशसभामा गत असार १ गते आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले आव २०७८÷७९ का लागि रु ३६ अर्ब ५४ करोडको बजेट प्रस्तुत गर्नुभएको थियो । त्यसयता बसेका सबै बैठक एमालेको अवरोधपछि स्थगित हुँदै आएका छन् । 

    प्रदेशसभाको आजको बैठकमा पनि कार्यसूचीमै प्रवेश गर्न पाएन । सभामुखले बैठक प्रारम्भ गर्नासाथ एमालेका प्रदेशसभा सदस्य सिटबाट उठेर अवरोध गर्दै आएका छन् । एमालेले सदनमा सर्वोच्च अदालतको आदेश विपरीत आफ्ना सदस्यलाई सरकारले सत्तापक्ष बनाएको भन्दै मन्त्री पदबाट नहटाएसम्म वैठक अवरुद्ध गरिरहने अडान राखेको छ । 

    आजको बैठकमा एमाले प्रदेशसभा सदस्य दानसिंह परियारले सर्वोच्च अदालतको आदेश र सभामुखले सदनमा वाचन गरेको पत्रको कार्यान्वयन गर्न सरकार गम्भीर नहुँदा बजेटजस्तो महत्वपूर्ण विषयमाथि छलफल हुन नसकेको बताउनुभयो । 

    नेकपा ९माओवादी केन्द्र० र नेपाली कांगे्रस गठबन्धनको सरकारमा हाल एमालेका तीन सदस्य मन्त्री छन् । पार्टी निर्देशन विपरीत आफूलाई विश्वासको मत दिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एमालेका अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई लगत्तै मन्त्री पदमा नियुक्त गर्नुभएको थियो । 

    प्रदेश सरकारमा थापा भौतिक पूर्वाधार तथा शहरी विकास, शाही भूमि व्यवस्था, कृषि तथा सहकारी र बुढा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री हुनुहुन्छ । 


    पार्टी निर्देशन उल्लङ्घन गरेको आरोपमा एमालेले पदबाट मुक्त गर्न प्रदेशसभालाई सिफारिसका गरेका आधारमा प्रकाश ज्वालासहित उहाँहरु तीन जना पदमुक्त हुनुभएको थियो । सर्वोच्च अदालतको जेठ २७ गतेको अन्तरिम आदेशबाट उहाँहरुको पुनर्बहाली भएपछि एमाले र सरकारबीच सदनमा टकराव बढेको छ । 

    आषाढ २९, २०७८ मंगलवार १९:४७:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कर्णाली

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana