काठमाडौं । नेपाली कांग्रेस, माओवादी केन्द्र, माधव नेपाल-झलनाथ खनाल (एमाले), उपेन्द्र यादव-बाबुराम भट्टराई (जसपा) र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धन सत्तामा आएसँगै चिनियाँ राजदूतको दौडधुप बढेको छ ।
राजदूत होउ यान्छीले एकैदिन प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एमाले नेता माधवकुमार नेपालसँग भेट गरेकी छन् ।
देउवा आएसँगै चिनियाँ मात्र होइन अन्य राजदूतहरुको पनि दौडधुप बढेको छ । अमेरिका र भारतका राजदूतले पनि भेटघाट बढाएका छन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली हुँदा अहिले सत्ता गठबन्धनमा रहेका ५ जना पूर्वप्रधानमन्त्रीहरुले वैदेशिक हस्तक्षेप निम्तिएको भनेर विज्ञप्ति जारी गरेका थिए । तर अहिले आफ्नो किचनमै घरमै राजदूतका राजदूतलाई लस्करै भेटिरहेका छन् । कम्तिमा ओलीले आफ्नो कार्यकालमा घरमा राजदूत भेटेका थिएनन् ।
तर अहिले अदालतको परमादेशबाट सत्तामा पुगेका पाँचै जना पूर्वप्रधानमन्त्रीहरु लस्करै घर घरमा राजदूत निम्त्याएर भेटिरहेका छन् । प्रचण्ड र माधव नेपाललाई त युरोपियन युनियन लगायत पश्चिममा राष्ट्रका राजदूतहरु अस्वभाविक रुपमा भेट्न पुगेका छन् ।
चिनियाँ राजदूत यान्छी भने अमेरिकी परियोजना एमसीसी रोक्न सक्रिय भएकी छन् । उनी कतै न कतै पुन कम्युनिस्ट एकता हुन सक्छ कि गठबन्धन बनाएर चुनावमा जान सकिन्छ भन्ने तयारीमा अघि बढेकी छन् । माधव नेपाल र प्रचण्डबिच एकीकरणदेखि चुनावी गठबन्धनसम्म चिनियाँ रणनीति देखिन्छ ।
चिनियाँ रणनीति अघि बढे कांग्रेसलाई घाटा हुने निश्चित छ । चिनियाँ चासो कम्युनिस्ट एकता गराएर एमसीसी रोक्ने रहेको कुटनीतिक मामिलाका जानकार बताउँछन् ।