Logo

बिहिवार, श्रावण २१ गते २०७८

ओली-नेपालभन्दा भिन्नै मार्गमा भीम रावल, टोखामा भयो व्यापक छलफल !

ओली-नेपालभन्दा भिन्नै मार्गमा भीम रावल, टोखामा भयो व्यापक छलफल !

नेपालपाना श्रावण ६ २०७८
  • 4.3K
    SHARES
  • ओली-नेपालभन्दा भिन्नै मार्गमा भीम रावल, टोखामा भयो व्यापक छलफल !

    काठमाडौं। नेकपा एमालेको आन्तरिक विवादमा लामोसमय माधवकुमार नेपालको पक्षमा रहेका नेता भीम रावल अहिले भने आफ्नै लयमा अघि बढेका छन् ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता रावलले विश्वासको मत दिनुअघि नै सांसद पदबाट राजीनामा दिए । तर, उनले देउवालाई प्रधानमन्त्री बनाउँन भने हस्ताक्षर बुझाएका थिए ।

    सांसदपदबाट राजीनामा दिएका नेता रावल आज बसेको नेपाल पक्षको बैठकमा समेत उपस्थित भएनन् ।

    एमाले अध्यक्ष ओलीसँग नेता नेपाल लामोसमयदेखि रुस्ट रहेपनि अन्तिम अवस्थातिर भने एकताका लागि सक्रिय भएका थिए ।

    तर, अहिले नेता रावलको लय नेता नेपाल र अध्यक्ष ओलीसँग समेत मिल्न नसकेको देखिएको छ । यसले नेता रावले भिन्नै मार्गमा लागेको संकेत समेत गरेको छ ।

    यसबीच बुधबार रावल निवास टोखामा पुगेर नेता नेपालले उनीसँग छलफल गरेका छन् ।

    यो भेटमा पार्टीका समस्या र प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने बिषयमा छलफल भएको बताइएको छ ।

    एमाले अब, कसरी अघि बढ्छ भन्ने स्थितीको निक्र्यौल गर्ने सकिने अवस्था यतिबेला बन्न सकेको छैन् ।

    श्रावण ६, २०७८ बुधवार १९:५९:३५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भीम रावल
  • # माधवकुमार नेपाल

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana