Logo

बिहिवार, श्रावण २१ गते २०७८

हिन्दुमाथि प्रहार गर्ने बाबुरामलाई कमल थापाले सम्झाए जघन्य अपराध, ‘जिउँदै मान्छे खोलामा बगाएको बिर्सिनुभयो?’

हिन्दुमाथि प्रहार गर्ने बाबुरामलाई कमल थापाले सम्झाए जघन्य अपराध, ‘जिउँदै मान्छे खोलामा बगाएको बिर्सिनुभयो?’

नेपालपाना श्रावण ६ २०७८
  • 23.4K
    SHARES
  • हिन्दुमाथि प्रहार गर्ने बाबुरामलाई कमल थापाले सम्झाए जघन्य अपराध, ‘जिउँदै मान्छे खोलामा बगाएको बिर्सिनुभयो?’

    काठमाडौं। जसपाका नेता बाबुराम भट्टराईले आज विहानै बकर इदका दिन हिन्दुको आस्थामाथि आक्रमण हुनेगरी ट्विट गरे ।

    उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गंगामा दुध चढाइरहेको तस्विरलाई लिएर बाबुरामले अन्धविश्वासले दुधलाई नदीमा बगाउँछ र पिसाब (गहुँत) लाई सेवन गर्छ भनेर टिप्पणी गरेका थिए ।

    उनले धार्मिक मान्यता र परम्पराको अपव्याख्या गरेर हिन्दुमाथि नै अपमान र प्रहार गरी ट्विट गरेकी चर्को विरोध भइरहेको छ । भारतको बीजेपी पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालेले पनि कडा विरोध गरेका छन् ।

    यसैक्रममा पूर्वउपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापाले पनि बाबुरामको विरोध गरेका छन् । उनले जनयुद्धका नाममा गरेका अपराध नबिर्सिन चेतावनी दिएका छन् ।

    थापाले लेखेका छन्, ‘योगीले खोलामा दूध बगाउँदा तपाईको टाउको दुख्छ, तर तपाईं आफूले खोलामा मान्छेको रगत बगाएको, मान्छेको लास बगाएको, जिउँदै मान्छेलाई नै बगाएको चाहिँ बिर्सिनुभयो ?’

    श्रावण ६, २०७८ बुधवार २०:४८:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बाबुराम भट्टराई
  • # कमल थापा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana