Logo

बिहिवार, श्रावण २१ गते २०७८

बार्गेनिङ गर्न अमरेशको राजीनामाको नाटक, सभामुखलाई दिनुपर्ने राजीनामा सभापति देउवालाई दिएपछि देखियो घुर्की

बार्गेनिङ गर्न अमरेशको राजीनामाको नाटक, सभामुखलाई दिनुपर्ने राजीनामा सभापति देउवालाई दिएपछि देखियो घुर्की

नेपालपाना श्रावण ७ २०७८
  • 6.0K
    SHARES
  • बार्गेनिङ गर्न अमरेशको राजीनामाको नाटक, सभामुखलाई दिनुपर्ने राजीनामा सभापति देउवालाई दिएपछि देखियो घुर्की

    काठमाडौं । नेपाली कांग्रेस सर्लाही जिल्लामा जबरजस्त खडा गरिएको क्रियाशीलता विवादलाई देखाउँदै सांसद अमरेश कुमार सिंहले बुधवार राजीनामाको घोषणा गरे ।

    प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा पत्र पठाए । उनको राजीनामा त स्विकृत भएको छैन । हुने पनि अवस्था छैन । किनभने राजीनामा सभामुखसमक्ष पेश गर्ने हो पार्टी सभापतिलाई होइन । यसअघि एमाले सांसद भीम रावलले सिधै सभामुखलाई राजीनामा बुझाएका थिए । सनाखत गरेर सभामुखले स्विकृत गर्ने तयारी छ ।

    यहाँ कांग्रेसमा भने अमरेशले पार्टी सभापति देउवालाई बुझाएका छन् । यसबाट नेता कार्यकर्ता तथा आम नागरिकले के अनुमान लगाएका छन् भने यो बार्गेनिङका लागि अमरेशको नाटक हो । 

    अमरेश चाहन्छन् सार्लाहीमा क्रियाशीलता सदस्यता विवादमा आफू निर्णायक बनौ । आफूले चाहेका मान्छे मात्र ल्याउ । अरुलाई आउन नदिउ । यसका लागि उनले क्षेत्र नम्बर एक बाट केही व्यक्तिलाई कांग्रेस पार्टी कार्यालय सानेपामा धर्ना र रिले अनशन बस्न पनि लगाएका छन् । तर धर्नामा बस्नेहरु नै विवादित रहेको तथ्य बाहिर आयो । धर्नाबाट पनि पार नलागेपछि अमरेश राजीनामाको नाटकमा उत्रिएको सर्लाहीका एक कांग्रेसी नेताले बताए । 

    त्यसो त अमरेशको चरित्र भनेको पैसा र पावरका लागि जस्तो पनि स्टन्ट गर्न माहिर छन् । जिल्लामा आफ्नो दबदबा अन्त्य हुने चिन्ता अमरेशलाई छ । त्यसैले क्रियाशीलता सदस्यतामा उनी हाबी हुन खोजिरहेका छन् । जसलाई जिल्ला सभापति र प्रदेश सांसदले काउन्टर दिएका छन् । यो नै अमरेशलाई चुनौती बनेको छ । त्यसैले उनी विभिन्न फण्डामा उत्रिएका छन्  । राजीनामाको घुर्की लगाउनु अमरेशको पछिल्लो फण्डा हो । 

    अमरेशका फण्डाबारे सभापति देउवा जानकार नभएका होइनन् । त्यसैले अमरेशको राजीनामामाथि देउवाले कुनै कदम चालेका छैनन् ।

    श्रावण ७, २०७८ बिहिवार ११:१५:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अमरेश कुमार सिंह

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana