Logo

बिहिवार, श्रावण २१ गते २०७८

बाबुरामले हिन्दु धर्ममाथि प्रहार गरेपछि जसपामा पहिरो, प्रभावशाली युवा नेतासहितले दिए राजीनामा

बाबुरामले हिन्दु धर्ममाथि प्रहार गरेपछि जसपामा पहिरो, प्रभावशाली युवा नेतासहितले दिए राजीनामा

नेपालपाना श्रावण ७ २०७८
  • 21.8K
    SHARES
  • बाबुरामले हिन्दु धर्ममाथि प्रहार गरेपछि जसपामा पहिरो, प्रभावशाली युवा नेतासहितले दिए राजीनामा

    वीरगंज । संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले मुसलमानको पर्व बकर ईदकै दिन हिन्दु धर्ममाथि प्रहार गरेपछि जनता समाजवादी पार्टी (जसपा) नेपालमा विद्रोह सुरु भएको छ । मधेसका केही प्रभावशाली युवा नेताले पार्टी परित्याग गरेका छन् । 

    बाबुरामले हिन्दुको भावनामा चोट पुर्याएको भन्दै जसपानिकट समाजवादी विद्यार्थी युनियन पर्साका वरिष्ठ उपाध्यक्ष कृष्ण चौरासियासहित ११ जनाले राजीनामा दिँदै पार्टी परित्याग गरेका हुन् ।

     चौरासियासंगै जिल्ला सचिव राजुराज गिरी, कोषाध्यक्ष सुशिल यादव, सदस्यहरु सन्दीप चौहान, अंकुश मण्डल, प्रित्तम उपाध्याय, रवि गुप्ता, ओमहरी यादव, राजकुमार साह, भुवन गिरी, दिलखुश देवानले राजीनामा दिएका हुन् ।

    Birgunj.jpg

    बाबुरामले हिन्दुको आस्थामाथि नै प्रहार गरेका थिए । उनले दुध चढाउने र गहुँत खाने परम्परालाई अन्धविश्वास भन्दै यो खतरनाक भएको तर्क गरेका थिए । 

    युवाहरुले बाबुरामको यो अभिव्यक्तिको घोर भत्र्सना गर्दै खेद समेत प्रकट गरेका छन् । उनीहरुले ‘यसअघि पनि भट्टराईले बारम्बार हिन्दु धर्ममाथी अघात पुग्ने र हिन्दु समुदायलाई अपमानित हुने गरी अभिव्यक्ति दिदै आएकोले हाम्रो धर्म र संस्कृति माथि आँच पुग्ने हुँदा हामी उहाँ अध्यक्ष रहेको पार्टी निकट विद्यार्थी संगठनका पदाधिकारीहरुले सामुहिक रुपमा राजिनामा दिन बाध्य भएका छौं’ भनेर उल्लेख गरेका छन् ।  

    साथै पार्टीको विधान विपरीत एकतर्फी रुपमा बाबुराम र अध्यक्ष उपेन्द्र यादवले विभिन्न प्रलोभनमा परी मधेश आन्दोलनका मुद्दा समेत छोडेको निष्कर्ष निकाल्दै आफूहरु पार्टीमा रहिरहनुको कुनै औचित्य नरहेको ठहर गर्दै राजीनामा दिएको जिल्ला सचिव गिरीले बताए ।

    श्रावण ७, २०७८ बिहिवार ११:२९:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जसपा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana