Logo

बिहिवार, श्रावण २१ गते २०७८

जसपा विवाद : कार्यकारिणी सदस्यलाई कागजातसहित बोलाइयो

जसपा विवाद : कार्यकारिणी सदस्यलाई कागजातसहित बोलाइयो

नेपालपाना श्रावण ७ २०७८
  • 2.1K
    SHARES
  • जसपा विवाद : कार्यकारिणी सदस्यलाई कागजातसहित बोलाइयो

    काठमाडौं। निर्वाचन आयोगले सनाखतका लागि स्वयं उपस्थित हुन जसपाको कार्यकारिणी समिति सदस्यलाई अनुरोध गरेको छ ।

    जसपाको विवाद निरुपणका लागि आयोगले गठन गरेको इजलासले दल एकीकरण हुँदाका बखत प्रस्तुत भएका कागजातसहित उपस्थित हुन आग्रह गरेको हो ।
         
    निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार जसपाको विवाद निरुपणका लागि आयोगले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपिसहित साउन ११ गते बिहान ११ बजे आयोगमा उपस्थिन हुन आग्रह गरेको छ ।
         
    जसपा नेपालको आधिकारिकतासम्बन्धी विवादबारे निर्वाचन आयोगमा दुवै पक्षको दाबी बहस आजै सकिएको हो । आयोगको इजलासमा पार्टीको आधिकारिकता माथि दाबी गर्दै जसपा अध्यक्ष महन्थ ठाकुर पक्षबाट आठ जना र उपेन्द्र यादव पक्षबाट छ जनाले बहस गरेका थिए ।
         
    पार्टीको आधिकारिकता दाबी गर्दै जसपाको अध्यक्ष ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले निर्वाचन आयोगमा निवेदन दिएपछि आयोगले सो विवादको निरुपणका लागि इजलास गठन गरी साउन ३ गतेदेखि बहस चलाएको थियो । दुवै पक्षले पार्टी आधिकारिकताको दाबी गर्दै आएका छन् ।

    श्रावण ७, २०७८ बिहिवार १९:३३:५० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जसपा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana