Logo

सोमवार, आश्विन ४ गते २०७८

ओलीसँग एकताका लागि माधव नेपालको बिशेष निर्णय, बोलाइयो केन्द्रीय कमिटी

ओलीसँग एकताका लागि माधव नेपालको बिशेष निर्णय, बोलाइयो केन्द्रीय कमिटी

नेपालपाना श्रावण १९ २०७८
  • 5.2K
    SHARES
  • ओलीसँग एकताका लागि माधव नेपालको बिशेष निर्णय, बोलाइयो केन्द्रीय कमिटी

    काठमाडौं । लामो समयसम्म आन्तरिक विवादग्रस्त नेकपा एमालेको एकताका लागि वरिष्ठ नेता माधवकुमार नेपालले केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।

    स्थायी कमिटीका सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर जान दबाब दिएपछि उनले केन्द्रीय कमिटि बोलाएका हुन् ।

    भोलि बुधबार विहान ११ बजे शंखमूलको क्वालिटी बेन्क्वेटमा केन्द्रीय कमिटीको बैठक राखिएको छ ।

    पछिल्लो समय स्थायी कमिटीका अधिकांश सदस्य पार्टी एकताको पक्षमा छन्। कार्यदलमा रहेका नेपाल समूहका स्थायी कमिटी सदस्यहरुले समेत जुनकुनै हालतमा एमालेमै रहनुपर्ने र ओलीसँगै मिल्नुपर्ने दबाब दिन थालेपछि नेता नेपालले केन्द्रीय सदस्यसँग छलफल गर्न चाहेको बताएका थिए।

    तर, स्थायी कमिटीका सदस्यहरुले स्थायी कमिटीबाटै निर्णय गर्नुपर्ने अडान लिएपछि नेता नेपालले केन्द्रीय कमिटि बैठक बोलाएका हुन्। नेता नेपाल केन्द्रीय समितिमा बहुमतमा छन्। 

    श्रावण १९, २०७८ मंगलवार १७:४७:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # माधवकुमार नेपाल

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana