Logo

सोमवार, आश्विन ४ गते २०७८

पाकिस्तानमा खोप लगाउने मात्रा अपेक्षा गरे भन्दा न्यून

पाकिस्तानमा खोप लगाउने मात्रा अपेक्षा गरे भन्दा न्यून

नेपालपाना श्रावण २० २०७८
  • 2.4K
    SHARES
  • पाकिस्तानमा खोप लगाउने मात्रा अपेक्षा गरे भन्दा न्यून

    इस्लामाबाद । पाकिस्तानमा कोभिड १९ बिरुद्ध खोप लगाउने मात्रा अत्यन्त न्यून रहेको छ । 

    दक्षिण एसियाली मुलुकहरुमा कोभिड १९ बिरुद्ध न्यून मात्रामा खोप लगाउने मुलुकहरुमध्ये पाकिस्तान एक रहेको छ । मे ६ सम्मको तथ्यांक अनुसार पाकिस्तानमा ३३ लाख मानिसहरुले मात्र खोप लगाएका छन्, जुन कुल जनसंख्याको ० दशमलब ८ प्रतिशत मात्र हो ।

    विश्वमा एक सय जना मानिसहरुमा खोप लगाउने औसत प्रतिशत मात्रा १६ दशमलब ४४ प्रतिशत रहेको बेला, पाकिस्तानमा भने १ दशमलब ५३ प्रतिशत मात्र रहेको तथ्यांकले देखाएको छ । पाकिस्तानमा केन्द्र तथा प्रान्तिय सरकारहरुले विभिन्न ठाउँमा खोप केन्द्र परिचालन गरेपनि सीमित खोप उपलब्धता तथा खोपबारे नकारात्मक प्रचारका कारण खोप लगाउन मानिसहरु हिच्किचाएको बताईएको छ ।

    पाकिस्तानमा यहि गतिमा खोप लगाउने हो भने सबै नागरिकलाई खोप लगाउन एक दशक लाग्ने पाकिस्तान मेडिकल असोसिएसनका डा. अब्दुल घफुर शोरोले बताए । स्रोत डी डब्ल्यू

    श्रावण २०, २०७८ बुधवार ०९:४६:१९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पाकिस्तान

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana