Logo

सोमवार, आश्विन ४ गते २०७८

चीनमा निर्भर पाकिस्तान आर्थिक संकटमा फस्यो पाकिस्तान, इमरानले प्रधानमन्त्री निवास नै भाडामा लगाउँदै

चीनमा निर्भर पाकिस्तान आर्थिक संकटमा फस्यो पाकिस्तान, इमरानले प्रधानमन्त्री निवास नै भाडामा लगाउँदै

नेपालपाना श्रावण २० २०७८
  • 4.7K
    SHARES
  • चीनमा निर्भर पाकिस्तान आर्थिक संकटमा फस्यो पाकिस्तान, इमरानले प्रधानमन्त्री निवास नै भाडामा लगाउँदै

    काठमाडौं । चीनको इकोनोमिक करिडोर परियोजनाको साझेदार पाकिस्तान ऋणमा डुब्दै गएको छ । देशको अर्थतन्त्र कमजोर हुँदै गएपछि प्रधानमन्त्री निवास नै भाडामा लगाउनुपर्ने अवस्था आएको छ ।

    पाकिस्तानी सञ्चारमाध्यमका अनुसार सत्तारुढ तहरीक–पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीई) का नेता इमरान खान सत्तामा आएको ३ वर्षमा पाकिस्तानको अर्थतन्त्र १९ बिलियन अमेरिकी डलरसम्म खुम्चिएको छ । इमरान प्रधानमन्त्री बनेपछि उनले देशको अर्थव्यवस्थालाई सही ठाउँमा ल्याउन सरकारी खर्चमा व्यापक कटौती गरेका छन् । यसका बाबजुद देशको ऋण ४५ हजार अर्ब रुपैयाँ पुगिसकेको छ ।

    ऋण बढ्दै गएपछि प्रधानमन्त्री इमरानले इस्लामाबादस्थित सरकारी निवास सर्वसाधारणलाई भाडामा दिने तयारी गरेका हुन् । यसलाई संस्कृति, फेसन र शिक्षाको कार्यक्रमका साथै अन्य प्रयोजनका लागि भाडामा लिन मिल्ने बनाइँदैछ । 

    सन् २०१९ को अगस्टमा को सरकार बन्दा प्रधानमन्त्री इमरान खानले सरकारी आवासलाई विश्वविद्यालय बनाउने घोषणा गरेका थिए । त्यसपछि इमरानले उक्त घर खाली गरेका थिए । समा टिभीका अनुसार अब विश्वविद्यालयको परियोजना छाडेर प्रधानमन्त्रीको आवासलाई भाडामा दिने निर्णय गरिएको छ ।

    प्रधानमन्त्री आवासका अडिटोरियम, दुई गेस्ट विङ्ग र एउटा चौरलाई भाडामा दिने तयारी गरिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । यसमा कूटनीतिक कार्यक्रम, अन्तर्राष्ट्रिय सेमिनार पनि आयोजना गर्न पाइनेछ । 

    इमरान सरकारले चीनसँग विभिन्न परियोजनामा साझेदारी गरेको छ । जसले गर्दा पाकिस्तानमा ऋणमा फस्दै गएको भन्दै इमरानको सरकारको आलोचना हुँदै आएको छ ।

    श्रावण २०, २०७८ बुधवार १०:५८:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पाकिस्तान

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana