Logo

सोमवार, आश्विन ४ गते २०७८

लाखौं प्रहरीको नासो फर्काउन प्रम देउवाले गरे हिम्मत, एक्कसी बालुवाटार पुगे १४ जना पूर्वआईजीपी

लाखौं प्रहरीको नासो फर्काउन प्रम देउवाले गरे हिम्मत, एक्कसी बालुवाटार पुगे १४ जना पूर्वआईजीपी

नेपालपाना श्रावण २० २०७८
  • 5.8K
    SHARES
  • लाखौं प्रहरीको नासो फर्काउन प्रम देउवाले गरे हिम्मत, एक्कसी बालुवाटार पुगे १४ जना पूर्वआईजीपी

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरीको इतिहाससँग जोडिएको संरचना यथावत् राख्न अग्रसरता लिएका छन् । 

    महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान सार्ने पूर्ववर्ती सरकारको निर्णय खारेज गर्न देउवाले ग्रीन सिग्नल देखाएका छन् ।

    बुधवार नेपाल प्रहरीका १४ जना पूर्वमहानिरीक्षक (आईजीपी)हरुले सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (पुलिस एकेडेमी) नसार्न माग गरेका हुन् ।

    पूर्वआईजीपीहरुको मागमा प्रधानमन्त्री देउवा सकारात्मक रहेको एक पूर्वआईजीपीले जानकारी दिए ।

    राष्ट्रपतिका लागि हेलिप्याड बनाउन भन्दै देउवाअघिको सरकारले पुलिस एकेडेमीलाई काभ्रेको पनौतीमा सार्ने निर्णय गरेको थियो । जसको प्रहरी अधिकारीले विरोध गर्दै आएका थिए । पुलिस एकेडेमीलाई प्रहरी अधिकारीले मातृभूमिजस्तो मान्छन् । किनकी जीवनभरको लगाव छ त्यसमा । त्यसैले अघिल्लो सरकारले नसुकेको कुरा नयाँ प्रधानमन्त्रीलाई सुनाएका हुन् र सकारात्मक जवाफ पनि पाएका छन् ।

    नेपाल प्रहरीका लगभग ८० हजार बहालवाला प्रहरी र लाखौंको संख्यामा रहेका पूर्व प्रहरी कर्मचारीहरुको ऐतिहासिक एवं भावनात्मक सम्बन्ध गाँसिएको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको पूरै जग्गा (१३०-३-०-० रोपनी) र प्रहरीका पूर्खाको रगत पसिनाले आर्जेको भौतिक सम्पत्ति समेत राष्ट्रपति कार्यालयको सुविधा बढाउनका लागि तत्कालीन सरकारले २०७५ भदौ २१ गते गरेको निर्णय अदूरदर्शी, अव्यवहारिक र पूर्णतः अवैज्ञानिक रहेको पूर्वआईजीपी मोतिलाल बोहराले बताए ।

    उनले भने, ‘तसर्थ बहालवाला तथा लाखौं पूर्व प्रहरी कर्मचारीहरुको मनोवल एवं भावनामा प्रत्यक्ष कुठाराघात गर्ने गरी भएको उक्त मन्त्रिपरिषदको निर्णय खारेज गरियोस् भनि आफू स्वयम् इतिहासको अंग भैसकेका १४ जना पूर्वप्रहरी महानिरीक्षकहरुले आजै प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवाज्यू समक्ष ज्ञापनपत्र प्रस्तुत गर्नु भएको छ।’ 

    बोहराले प्रधानमन्त्री देउवाबाट यो निर्णय खारेज हुने र प्रहरीको नासो फिर्ता हुने विश्वास व्यक्त गरे ।

    श्रावण २०, २०७८ बुधवार २१:४८:४२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # १४ जना पूर्वआईजीपी

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana