Logo

बुधवार, भाद्र १ गते २०७९

images

जम्मु काश्मीरमा हिज्बुल मुजाहिदीन आबद्ध आतंकवादी लडाकु पक्राउ

जम्मु काश्मीरमा हिज्बुल मुजाहिदीन आबद्ध आतंकवादी लडाकु पक्राउ

नेपालपाना श्रावण २९ २०७८
  • 10.5K
    SHARES
  • जम्मु काश्मीरमा हिज्बुल मुजाहिदीन आबद्ध आतंकवादी लडाकु पक्राउ

    जम्मु काश्मीर । जम्मु काश्मीरमा प्रहरीले इस्लामिक लडाकु समुह हिज्बुल मुजाहिदीन संलग्न एक लडाकु पक्राउ गरेको छ ।

    जम्मु काश्मीरस्थित फैसल क्षेत्रबाट हिज्बुल मुजाहिदीन लडाकु समुहको पोशाक लगाएको एक लडाकु प्रहरीले पक्राउ गरेको हो ।

    उक्त क्षेत्रमा आतंकवादी लडाकुको उपस्थिति रहेको सुचनाका आधारमा प्रहरीले कारबाही गर्ने क्रममा लडाकु पक्राउ परेको हो । हिज्बुल मुजाहिदीन समुहका जाकिर भट नामका आतंकवादी लडाकु पक्राउ परेको प्रहरीले विज्ञप्तीमार्फत जनाएको छ ।

    अनुसन्धानपछि लडाकु जाकिर भट कुलगम जिल्ला निवासी रहेको तर विगत आठ बर्षयता सोपियानमा बस्दै आएको खुलेको प्रहरीले बताएको छ ।

    प्रहरीले लडाकु बाट शसस्त्र हतियार तथा गोला बारुद बरामद गरेको छ । लडाकुमाथि छानबीन र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

    भारतबाट काश्मीरलाई पृथक गरी पाकिस्तानमा गाभ्ने  लक्ष्यका साथ हिज्बुल मुजाहिदीन इस्लामिक लडाकु समुह जम्मु काश्मीरमा सक्रिय रहेको छ । - बिजनेस स्टाण्डर्ड

    श्रावण २९, २०७८ शुक्रवार ०८:१९:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जम्मू–कश्मीर

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend