वाशिङटन । संयुक्त राज्य अमेरिका साइबर सुरक्षा फर्मले एक चिनियाँ समूहले इजरायली संस्थाविरुद्ध एक व्यापक जासुसी अभियान सञ्चालन गरेको खुलासा गरेको छ ।
कैलिफोर्नियास्थित फायरईद्वारा मंगलबार जारी एक प्रतिवदेन अनुसार, आक्रमणहरु इजरायली सरकारी संस्थाहरु, आईटी प्रदायकहरु र दूरसंचार फर्महरुमा धेरै भएको पाइएको हो ।
ह्याकरहरूले डाटा चोरी गर्नुका साथै डाटा दुरुपयोग गरेको पाइएको छ । सम्भवतः वित्तीय, टेक्नोलोजी र ब्यापारिक चासोबाट प्रेरित भएर उक्त डाटा चोरीको काम गरेको पाइएको हो । उक्त ह्याक चिनियाँ सरकार सम्बद्ध कम्पनीमा आवद्ध ह्याकरहरुमार्फत भएकोसमेत पाइएको छ ।
इजरायलसँगै एउटा अभियानका क्रममा चिनियाँ समूहले इरान, संयुक्त अरब इमिरेट्स र कजाकिस्तानमा पनि निशाना बनाएको पाइएको हो । इरानका सरकारी कार्यालयका डाटा बेसहरु ह्याक गरेको पाइएको हो । उक्त अभियानकै क्रममा चिनियाँ जासुसी समूहले सन् २०१९ को सुरुवतामा माइक्रोसॉफ्ट शेयरपोइन्टमा आक्रमण गरेको थियो । उक्त समूहले आफ्नो कस्टम मालवेयर उपकरणलाई आक्रमणमा लागि प्रयोग गरेको थियो ।
एक प्रणालीमा भंगपछि समूह प्रयोगकर्ताहरुको प्रमाणपत्र को एक ठूलो संख्या चोरी भएको र आन्तरिक नेटवर्कमा पनि खलल पुर्याको छ । धेरै प्रयोगकर्ताको व्यक्तिगत विवरण संकलन गरेको पाइएको छ । उक्त व्यक्तिगत विवरण संकलनका लागि हाइपरब्रो मालवेयर प्रयोग गरिएको छ ।