Logo

सोमवार, कार्तिक १ गते २०७८

images

जापानले दिएको एस्ट्राजेनेकाको थप खोप आइपुग्यो

जापानले दिएको एस्ट्राजेनेकाको थप खोप आइपुग्यो

नेपालपाना भाद्र ५ २०७८
  • 2.9K
    SHARES
  • जापानले दिएको एस्ट्राजेनेकाको थप खोप आइपुग्यो

    काठमाडौं । जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध गराएको १६ लाख मात्रा खोपमध्ये आज दुई लाख आठ हजार ७०० मात्रा राजधानी आइपुगेको छ । 

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको संक्षिप्त कार्यक्रममा यहाँस्थित जापानी दूतावासका प्रतिनिधिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रतिनिधिलाई खोप हस्तान्तरण गर्नुभयो ।

    यसअघि पहिलो चरणमा साउन २३ र २४ गते नौ लाख मात्रा खोप ल्याइएको थियो । बाँकी खोप भोलि आइतबार र पर्सि सोमबार आउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

    कोभ्याक्स सुविधाअन्तर्गत जापानले १६ लाख १४ हजार ७४० मात्रा खोप प्रदान गरेको राजदूतावासले बताएको छ ।

    भाद्र ५, २०७८ शनिवार २१:०५:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य
  • # काेराेना खाेप

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana