Logo

बिहिवार, श्रावण २६ गते २०७९

images

माधव नेपालविरुद्ध कडा एक्सन लिँदै अध्यक्ष ओली, नयाँ दल नै खारेज हुनसक्ने

माधव नेपालविरुद्ध कडा एक्सन लिँदै अध्यक्ष ओली, नयाँ दल नै खारेज हुनसक्ने

नेपालपाना भाद्र १० २०७८
  • 28.1K
    SHARES
  • माधव नेपालविरुद्ध कडा एक्सन लिँदै अध्यक्ष ओली, नयाँ दल नै खारेज हुनसक्ने

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गरेका वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध कडा एक्सन लिने तयारी गरेका छन् ।

    नेता नेपालले एमाले फुटाएर आफ्नै नेतृत्वमा नेकपा एकीकृत समाजवादी दल बुधवार निर्वाचन आयोगमा दर्ता गराएका छन् । माधवको पार्टी आयोगमा दर्ता भएसँगै प्रधानमन्त्री ओली कानुनी परामर्शमा जुटेका छन् ।

    ओली एमाले विभाजनविरूद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारीमा जुटेका हुन् । माधव नेपालले गरेको दल विभाजनलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय अवैधानिक भन्दै एमाले अदालत जान लागेको हो । दलले कारवाही गरिसकेका सांसद र केन्द्रीय सदस्यबाट सनाखत गराएको विषयलाई एमालेले समात्ने भएको छ ।

    दल दर्ताको प्रक्रिया अघि नै एमालेले माधव नेपालसहित १४ सांसदलाई कारबाही गरेको थियो । तर सभामुखले अड्काएर राखे । कारवाही गरिएको अवस्था हुँदाहुँदै सनाखतका लागि उनीहरुको नाम समेत राखेर आयोगलाई नामावली पठाए । यहाँनेर भएको कानुन विपरीतको बेइमानीलाई उठाएर एमालेले अदालतमा चुनौती दिने भएको हो ।

    एमालेले कारवाहही गरेका सांसदले सनाखत गर्न नपाउने भन्दै आयोगलाई सनाखत नगराउन आग्रहह गरेको थियो । तर सुनुवाइ नभएपछि अब यहीँ विषयलाई लिएर अदालत जाने नेताहरु बताउँछन् । एमाले निकट एक कानुन व्यवसायीले अध्यक्ष ओली परामर्शमा रहेको जानकारी दिए ।

    उनका अनुसार कारवाही गरेका सांसदबाट सनाखत गराएकाले दल दर्ताको मान्यता दिने निर्णय बदर हुनसक्छ । अर्थात नयाँ दल नै खारेज हुनसक्छ ।

    भाद्र १०, २०७८ बिहिवार १३:३३:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एमाले

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend