Logo

सोमवार, कार्तिक १ गते २०७८

images

माधव नेपालका ‘बलात्कारी’ मन्त्रीले छाडेनन् पद, महिलाहरु आन्दोलित, कृष्ण महराभन्दा पनि तल्लो स्तरमा उत्रिए

माधव नेपालका ‘बलात्कारी’ मन्त्रीले छाडेनन् पद, महिलाहरु आन्दोलित, कृष्ण महराभन्दा पनि तल्लो स्तरमा उत्रिए

नेपालपाना भाद्र १४ २०७८
  • 22.6K
    SHARES
  • माधव नेपालका ‘बलात्कारी’ मन्त्रीले छाडेनन् पद, महिलाहरु आन्दोलित, कृष्ण महराभन्दा पनि तल्लो स्तरमा उत्रिए

    दैलेख । बलात्कारको आरोप लागेका कर्णाली प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई बर्खास्त गर्न सरकारलाई चौतर्फी दबाब बढेको छ । शाही माधव नेपाल निकट मन्त्री हुन् ।

    बलात्कारको आरोप लागेका शाहीलाई बर्खास्त गर्न माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र एमाले निकट विभिन्न विद्यार्थी संघ संगठनले सरकारकारलाई चौतर्फी दबाब दिएका छन् । शाहीमाथि बलात्कारको आरोप लागेको भन्दै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने एमालेको माग छ ।

    गत भदौ ६ गते उक्त घटना सार्वजनिक भएको थियो । एमाले संसदीय दलका नेता यामलाल कँडेलले सार्वजनिक रुपमा घटना विवरणसहित लागेको आरोपको आधारमा सरकारले मन्त्रीलाई तत्काल बर्खास्त गर्नुपर्ने बताए ।

    यस्तै राष्ट्रिय युवा संघ सुर्खेत र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले पनि प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री शाहीले पदबाट राजीनामा नदिएको अवस्थामा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

    त्यस्तै शनिबार वीरेन्द्रनगरमा ९ वटा नागरिक संस्थाहरुले संयुक्त विज्ञप्ति जारी गर्दै सरकार र समाजको नेतृत्व गर्ने राजनीतिक दलहरुले दण्डहिनतालाई प्रश्रय दिएको बताएका छन् । उनीहरूले शाहीलाई एक महिलामाथि बलात्कारको आरोप लागेको समाचार विभिन्न सञ्चार माध्यमहरुमा आइरहँदा पनि यस विषयमा प्रदेश सरकार र यहाँका दलहरु गम्भीर नभएको भन्दैँ आक्रोश पोखेका छन् ।

    हिंसा निगरानी समूह, महिला मानव अधिकार रक्षक सञ्जाल, गैसस महासंघ, महिला अधिकार एलायन्स तथा सामाजिक न्याय मञ्च, नेपाल पत्रकार महासंघ, मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेश, मेची महाकाली संयुक्त बुहारी आवाज, मानव अधिकार समूह सुर्खेत र क्रियाशील पत्रकार महिला समूहले सयुक्त विज्ञप्ति निकालेका छन् ।

    कृषि मन्त्री शाहीमाथि लागेको बलात्कारको आरोप झुटा भएको कर्णाली प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री सीताकुमारी नेपालीले बताइन् । नेपाली राजीनामा दिन आवश्यक नभएको बताइन् ।

    विगतमा माओवादीबाट सभामुख बनेका कृष्णबहादुर महराले रोशनी शाही प्रकरणमा पदबाट राजीनामा दिएका थिए । उनीमाथि बलात्कार मुद्दा चले पनि अदालतले सफाइ दियो । तर पूर्व एमाले तथा अहिले समाजवादी नेता शाही भने राजीनामा दिन मानेका छैनन् ।

    भाद्र १४, २०७८ सोमवार ०७:२१:२५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा (एकीकृत समाजवादी)

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana