काठमाडौं। हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्लासम्म चीनले नेपाली भुमी मिचेको बिषयमा शेरबहादुर देउवा सरकारले कडा एक्सन लिएको छ ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेको प्रधानमन्त्री देउवाले सो क्षेत्रमा चीनले मिचेको भनिएको भुमीबारे अध्ययन गर्न समिति गठन गरेको हो ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्लासम्मको सीमा क्षेत्रको सम्बन्धमा उठेका समस्या अध्ययन गरी नेपाल सरकारलाई प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सीमा विज्ञ रहेको समिति गठन गर्ने ।’