Logo

शनिवार, आषाढ ११ गते २०७९

images

छानविन समिति बनेपछि आत्तियो चीन, नेपाली भूमि कब्जा गरेको पोल खुल्ने भएपछि चीनले माफी माग्ने

छानविन समिति बनेपछि आत्तियो चीन, नेपाली भूमि कब्जा गरेको पोल खुल्ने भएपछि चीनले माफी माग्ने

नेपालपाना भाद्र १७ २०७८
  • 53.9K
    SHARES
  • छानविन समिति बनेपछि आत्तियो चीन, नेपाली भूमि कब्जा गरेको पोल खुल्ने भएपछि चीनले माफी माग्ने

    काठमाडौं । सरकारले चीनबाट नेपालसँगको सीमा भूमि मिचिएकोबारे अध्ययन गर्न छानविन समिति बनाएको छ । खासगरी हुम्लाभित्र पर्ने सीमा क्षेत्रमा समस्या देखिएपछि समिति बनेको हो । समिति बनेलगत्तै भूमि कब्जा गरेको चीन सरकार आत्तिएको छ । 

    नेपालमा चिनियाँ समर्थकहरु विरोधमा उत्रिएका छन् । कांग्रेस कर्णाली संसदीय दलका नेता एवं हुम्लाबाट निर्वाचित सांसद जीवनबहादुर शाहीले आफै स्थलगत अध्ययनमा गएर चीनले सीमा मिचेको तथ्य प्रमाणसहित प्रतिवेदन बाहिर ल्याएका थिए । तर तत्कालीन सरकारले भूमि नमिचेको भनेर चीनकै संरक्षण गर्यो । अहिले कांग्रेस सभापति शेरबहादुर देउवाको सरकार आएपछि फेरि छानविन हुने भएपछि चिनियाँहरु आत्तिएका हुन् । चीनले भूमि मिचेको तथ्य बाहिर ल्याउँदा शाहीमाथि भारतीय, अमेरिकी एजेन्टको पनि आरोप लाग्यो । तर उनी डगमगाएनन् । उनको अडानले अहिले चीनले भूमि मिचेको सम्बन्ध राज्यबाट निष्पक्ष छानविन हुने भएको हो । 

    छानविन हुनेभएसँगै शाही चीनले गल्ती भयो भनेर माफी माग्नेमा ढुक्क छन् । कम्युनिस्टहरुले चिनियाँ सेन्टिमेन्टले भूमि मिच्दा मिचिएको छैन भनेर मौन बसेको भन्दै शाही अब वास्तविकता बाहिर आउने विवाद समाधान हुने बताउँछन् । 

    आफूले सत्यतथ्य बाहिर ल्याउँदा चीनले नेपाली काँग्रेस र आफूलाई गम्भीर आरोप लगाएको स्मरण गर्दै अब आरोप पनि पखालिने र चीनको बदमासी पनि बाहिर आउने उनी बताउँछन् । 

    छानविन समितिले यहाँको स्थानीय जनप्रतिनिधि, स्थानीयवासी, स्थानीय प्रशासन सबैलाई राखेर छानबिन गर्नुपर्ने शाहीको सुझाव छ । सीमा हेर्न आउ भन्दा चीनले वेवास्ता गरेको र अब चीनलाई पनि सँगै राखेर दुधको दुध पानीको पानी छुट्याउनुपर्ने उनको राय छ । सानो देश भन्दै ठूलो देशले जे पनि गर्ने नपाउने उनले जिकिर गरे । 'बोर्डरका पिल्लरहरूलाई पुनःस्थापना गर्न दुबै देशको सहमति चाहिन्छ कि चाहिँदैन ? अनि हाम्रा पिल्लर उहाँहरूले तारबार लगाएर अतिक्रमण गर्न त मिल्दैन नि । हाम्रो कर्मचारी बोल्न डराएर हो,' उनले भने, 'ठूलो देशले सानो देशलाई हेप्न पाइँदैन ।' 

    छानविनबाट सीमा समस्या पनि बाहिर आउने र आफूहरुमाथि चीनले लगाएको आरोपका लागि चीनले माफी माग्ने र कांग्रेस तथा आफूमाथि लगाइएको आरोप पखालिने शाहीको दृढता छ । 

    यसअघि शाहीले चीनबाट भूमि मिचिएको प्रतिवेदन सार्वजनिक गरेपछि नेपालस्थित चिनियाँ दूतावासले कांग्रेसलाई पत्र लेखेर आपत्ति जनाएको थियो । हुम्लामा सीमा नमिचिएको दाबी गर्दै नेता शाही चीन विरोधी गतिविधिमा लागेको आरोपसमेत लगाएको थियो । यो आरोप अब पखालिने शाहीको विश्वास छ ।

    भाद्र १७, २०७८ बिहिवार १८:१८:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चीन

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend