Logo

सोमवार, आश्विन ४ गते २०७८

भारतमा गाईलाई राष्ट्रिय जनावर घाेषणा गर्न अदालतकाे आदेश, अब गाई काट्न नपाउने

भारतमा गाईलाई राष्ट्रिय जनावर घाेषणा गर्न अदालतकाे आदेश, अब गाई काट्न नपाउने

नेपालपाना भाद्र १८ २०७८
  • 4.7K
    SHARES
  • भारतमा गाईलाई राष्ट्रिय जनावर घाेषणा गर्न अदालतकाे आदेश, अब गाई काट्न नपाउने

    इलाहावाद । भारतमा गाईलाई राष्ट्रिय जनावर घोषणा गर्न अदालतले आदेश दिएको छ । भारतमा बाघलाई राष्ट्रिय जनावर मानिन्छ । इलाहावाद उच्च अदालतले मुस्लिम शासकहरुले समेत गाईको अस्तित्व र महत्त्वलाई स्विकार गरेको भन्दै राष्ट्रिय जनावर घोषणा गरेर संरक्षण गर्न आदेश दिएको हो । गाई संरक्षणलाई मौलिक अधिकारभित्र राख्न अदालतको  आदेश छ । 

    गौहत्या मुद्दामा सुनुवाइ गर्दै अदालतले संस्कृतिमा मासिए देश कमजोर हुने निष्कर्षसहित गाईलाई राष्ट्रिय जनावर घोषणा गरी संरक्षण गर्न भनेको हो । 

    अदालतले गाई मार्न र गाईको मासु खान पाउने विषय कुनै हालतमा मौलिक अधिकार हुन नसक्ने ठहर गर्दै बाच्ने अधिकारको संरक्षण गर्न सरकारलाई आदेश दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    भाद्र १८, २०७८ शुक्रवार ११:०३:०७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारत

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana