Logo

बिहिवार, जेठ १२ गते २०७९

images

असोज १ देखि काठमाडौँका विद्यालय खुल्ने

असोज १ देखि काठमाडौँका विद्यालय खुल्ने

नेपालपाना भाद्र २१ २०७८
  • 8.4K
    SHARES
  • असोज १ देखि काठमाडौँका विद्यालय खुल्ने

    काठमाडौं। काठमाडौँमा आगामी असोज १ गतेदेखि विद्यालयहरू खोल्न सकिने भएको छ । कोभिड–१९ सङ्क्रमणको अवस्था हेरेर स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी विद्यालय खोल्न सकिने निर्णय गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले राससलाई जानकारी दिनुभयो ।

    प्रजिअ पराजुलीले अवस्था विश्लेषण गरी विद्यालय खोल्ने÷नखोल्ने जिम्मा भने स्थानीय तहलाई नै दिइएको  राससलाई जानकारी दिनुभयो । काठमाडौँको स्थानीय तहका शिक्षा हेर्ने अधिकृत प्रतिनिधि र काठमाडौँका प्रजिअसहितको आजको बैठकले उक्त निर्णय गरेको हो । 

    “कतिपय वडाहरूमा कोभिड शून्य रहेको पाइएको छ, ती वडाले सुरक्षित भएर असोज १ गतेपछि विद्यालय खोल्न सक्छन्, अन्य वडामा पनि कोभिडको अवस्था हेरेर खुलाउन सकिने भन्ने भएको छ, सबै अधिकार स्थानीय तहलाई नै दिइएको छ,” प्रजिअ पराजुलीले भन्नुभयो । अन्य जिल्लाले भने छलफलपछि मात्रै निर्णय लिने जनाएको छ ।

    भाद्र २१, २०७८ सोमवार २०:३२:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शिक्षा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend