Logo

सोमवार, आश्विन ४ गते २०७८

अभिनेत्री अलंकृतालाई बाथरुममा बन्धक बनाएपछि...

अभिनेत्री अलंकृतालाई बाथरुममा बन्धक बनाएपछि...

नेपालपाना भाद्र २३ २०७८
  • 2.4K
    SHARES
  • अभिनेत्री अलंकृतालाई बाथरुममा बन्धक बनाएपछि...

    काठमाडौं। अभिनेत्री तथा इन्टेरियर डिजाइनर अलंकृता सहायलाई बाथरुममा बन्धक बनाएर लुटेराको एक समूहले साढे ५ लाख नगद लुटेका छन् ।

    उनको चण्डीगढको सेक्टर–२७ को घरमा हिजो मध्यान्ह् १२ बजेको समयमा ३ लुटेरा पसेर चक्कु देखाउदै उक्त नगद लुटेका हुन् । त्यसपछि दुई घण्टा घरमै बसेर सबै पैसा संकलन गरेपछि घरको छतबाट भागेका थिए ।

    लुटेराले उनलाई एटीएम र एटीएमको पिन पनि मागेको थियो । त्यसपछि एटीएमको माध्यमबाट लुटेराले ५० हजार रुपैंयाँ निकालेका थिए । प्रहरीले उनको कोठाको सिढीमा राखिएको सीसीटीभी फुटेजका आधारमा लुटेराको पहिचान गरेको छ । प्रहरीले लुटेराको खोजी गरिरहेको छ ।

    अलंकृता सन् २०१४ को ‘मिस इण्डिया अर्थ’ विजेता हुन् । उनी सेक्टर २७ मा एक लेफ्टिनेन्ट कर्णेलको घरको दोस्रो तलामा बस्छिन् । 

    भाद्र २३, २०७८ बुधवार २०:०२:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana