Logo

शनिवार, आषाढ ११ गते २०७९

images

दलाई लामाको तस्बिर राखेको आरोपमा चिनियाँ अधिकारीहरुद्वारा ६० तिब्बती पक्राउ

दलाई लामाको तस्बिर राखेको आरोपमा चिनियाँ अधिकारीहरुद्वारा ६० तिब्बती पक्राउ

नेपालपाना भाद्र २४ २०७८
  • 6.7K
    SHARES
  • दलाई लामाको तस्बिर राखेको आरोपमा चिनियाँ अधिकारीहरुद्वारा ६० तिब्बती पक्राउ

    बेइजिङ । तिब्बती आध्यात्मिक बौद्ध गुरु दलाई लामाको तस्बिर राखेको आरोपमा चिनियाँ अधिकारीहरुले ६० तिब्बतीहरुलाई पक्राउ गरेको छ । उनीहरुलाई तिब्बतको कार्देज जा वान्पो सहरबाट पक्राउ गरिएको रेडियो फ्री एसियाले जनाएको छ ।

    भारतमा बस्ने एक तिब्बतीले रेडियो फ्रि एसियालाई दिएको जानकारी अनुसार प्रहरीले १९ जना भिक्षुसहित ६० जनालाई पक्राउ गरेको हो । उनका अनुसार तिब्बती स्वायत्त प्रान्तमा रहेको स्थानीय मठबाट १४ जना भिक्षुलाई पक्राउ गरेको हो भने अन्य ४० जनालाई चिनियाँ अधिकारीहरुले घरघरमा खोजी गरेर पक्राउ गरेको हो ।

    बेइजिङले दलाई लामाको तस्बिर राख्न प्रतिबन्ध लगाएको छ । तर, आफ्नो आध्यात्मिक गुरु दलाई लामाको तस्बिर राखेको सूचना पाएपछि मठ र घरघरमा छापा मारेर चिनियाँ अधिकारीहरुले तिब्बतीहरुलाई पक्राउ गरेको हो । दलाई लामाको तस्बिर राख्नेहरुलाई कारबाही गरेर तिब्बतीहरुलाई त्रसित बनाएको छ ।

    पक्राउ परेकाहरुलाई हाल शेरशुल काउन्टी पुलिस स्टेशनमा राखिएको छ । ६० जनालाई पक्राउ गरेपछि चिनियाँ अधिकारीहरुको बैठक बसेर कुनै पनि तिब्बतीहरुलाई दलाई लामाको तस्बिर नराख्न चेतावनी दिइएको छ । यससँगै दलाई लामाको विषयमा कुनै सूचना र जानकारी पनि एकअर्कालाई शेयर नगर्नसमेत चिनियाँ अधिकारीहरुले चेतावनी दिएका छन् ।

    यसअघि विद्यालयमा चिनियाँ भाषाको विरोध गरेको भन्दै दुई चिनियाँ विद्यार्थीहरुलाई पक्राउ गरेको थियो । त्यसअधि एक घोडा दौड प्रतियोगिताको तस्बिर सामाजिक सञ्जालमा शेयर गरेको भन्दै तिब्बतीहरुलाई पक्राउ गरेको थियो ।

    पछिल्लो समय बेइजिङ तिब्बतीहरुप्रति आक्रामक बन्दै गइरहेको छ । चिनियाँ राष्ट्रपति सीको तिब्बत भ्रमणपछि चिनियाँ अधिकारीहरु तिब्बतीयनप्रति आक्रामक बन्न थालेका हुन् ।

    भाद्र २४, २०७८ बिहिवार ०९:०६:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चीन
  • # दलाई लामा

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend