काठमाडौं । नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मा बालुवाटार पुगेका छन् । शर्माले बिहीबारमात्रै कार्यभार सम्हालेका थिए ।
शर्मा राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा सहभागी हुन बालुवाटार पुगेका हुन् । बैठकले पछिल्लो समय देखिएको सुरक्षा चुनौतीबारे समीक्षा गरेर आवश्यक निर्णय लिने बताइएको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाड, मुख्यसचिव शंकरदार वैरागी र सेनापति शर्मालगायत सहभागी छन् ।
पछिल्लो एमसीसी परियोजनालाई लिएर उपत्यकामा ठाउँमा ठाउँमा शंकास्पद वस्तु देखिन थालेको छ । सुरक्षा चुनौती बढेपछि प्रधानमन्त्री देउवाले आवश्यक निर्णय लिने बुझिएको छ ।