Logo

सोमवार, आश्विन ४ गते २०७८

नेपालले दियो पपुवा न्युगिनीलाई जितका लागि २३४ रनको लक्ष्य

नेपालले दियो पपुवा न्युगिनीलाई जितका लागि २३४ रनको लक्ष्य

नेपालपाना भाद्र २५ २०७८
  • 1.7K
    SHARES
  • नेपालले दियो पपुवा न्युगिनीलाई जितका लागि २३४ रनको लक्ष्य

    काठमाडौं। दोस्रो एकदिवसीय खेलमा नेपालले पपुवा न्युगिनीसामु जितका लागि २३४ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानमा जारी एकदिवसीय सिरिजअन्तर्गत आज डे नाइट खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै ४९ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर २३३ रन बनायो । 

    सङ्कटमा परेको नेपालको पारीलाई रोहितकुमार पौडेल र करण केसीले माथि उकास्नुभयो । पौडेलले उत्कृष्ट ब्याटिङ गर्दै ८६ रनको योगदान दिनुभयो । सो क्रममा उहाँले १२३ बल खेल्दै तीन छक्का र दुई चौका हान्नुभयो । यस्तै केसीले २६ बलमा ४२ रन बनाउनुभयो । यसमा उहाँको चार छक्का र दुई चौका सामेल थियो । 

    नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ७० बलमा दुई छक्का र तीन चौकाको मद्दतमा ४५, विनोद भण्डारीले १७ तथा सोमपाल कामीले ११ रन बनाउनुभयो । 

    बलिङतर्फ पपुवा न्युगिनीका चाड सोपरले तीन, कबुआ मोरिया र नरमन भानुआले दुई÷दुई तथा चाल्र्स अमिनीले एक विकेट लिनुभयो । यसअघि पहिलो एकदिवसीय खेलमा नेपालले पपुवा न्युगिनीलाई दुई विकेटले पराजित गरेको थियो । अहिले पपुवा न्युगिनीले जवाफी ब्याटिङ गरिरहेको छ ।

    भाद्र २५, २०७८ शुक्रवार २०:४५:१९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # खेलकुद्

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana