Logo

सोमवार, आश्विन ४ गते २०७८

देउवाले भनेको अझै सुनेन् प्रचण्ड-माधव र उपेन्द्रले, बालुवाटारमा तनाव

देउवाले भनेको अझै सुनेन् प्रचण्ड-माधव र उपेन्द्रले, बालुवाटारमा तनाव

नेपालपाना भाद्र २८ २०७८
  • 3.3K
    SHARES
  • देउवाले भनेको अझै सुनेन् प्रचण्ड-माधव र उपेन्द्रले, बालुवाटारमा तनाव

    काठमाडौं । सत्तारुढ गठबन्धनका नेताहरुको रवैयाले प्रधानमन्त्री शेरबहादुर देउवा आजित छन् । देउवा प्रधानमन्त्री भएको झण्डै दुई महिना पुग्न लाग्यो । तर मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवले नाम नदिँदा देउवा पेण्डुलम जस्तै बनेका छन् ।

    यस्तोमा देउवाले फेरि सत्ता गठबन्धनका नेताहरुसँग मन्त्रीको नाम मागे । तर अझै टेरेका छैनन् । आइतवार बालुवाटारमा बसेको बैठकमा देउवाले सत्तापक्ष  दलहरूसँग  मन्त्रिपरिषद्  विस्तार  गर्न ढिला भइसकेकाले चाँडै मन्त्री बन्ने सांसदहरूको नामावली दिन पुन आग्रह गरे ।

    तर प्रचण्ड,माधव र उपेन्द्रले पार्टीभित्र  छलफल  भइरहेको छ भन्दै छिट्टै मन्त्रीहरूको नामावली दिने पुरानै आश्वासन दिए । छलफलमा  सहभागी राष्ट्रिय  जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडलका अनुसार मन्त्रीको टुंगो दलहरुले लाउन नसकेपछि प्रधानमन्त्री देउवा असन्तुष्ट छन् ।

    देउवाले तपाईहरुको कारणले सरकारको बदनाम भयो भनेर नेताहरुसँग गुनासो गरेका थिए । 

    भाद्र २८, २०७८ सोमवार ०९:०८:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रचण्ड-माधव र उपेन्द्र

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana