Logo

सोमवार, आश्विन ४ गते २०७८

छोरी, बुहारी, ज्वाइँ च्याप्ने 'छट्टु' प्रचण्डले आफ्नै कार्यकर्ता मार्ने उपेन्द्रसँग लेनदेनको राजनीति गरेपछि ओली आक्रोशित

छोरी, बुहारी, ज्वाइँ च्याप्ने 'छट्टु' प्रचण्डले आफ्नै कार्यकर्ता मार्ने उपेन्द्रसँग लेनदेनको राजनीति गरेपछि ओली आक्रोशित

नेपालपाना भाद्र २९ २०७८
  • 6.4K
    SHARES
  • छोरी, बुहारी, ज्वाइँ च्याप्ने 'छट्टु' प्रचण्डले आफ्नै कार्यकर्ता मार्ने उपेन्द्रसँग लेनदेनको राजनीति गरेपछि ओली आक्रोशित

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'माथि आक्रोश पोखेका छन् ।

    गृहजिल्ला झापामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले आफ्नो पार्टी फुटाउन भूमिका खेलेको भन्दै आक्रोश पोख्ने क्रममा प्रचण्डलाई धोकेबाज र छट्टु नेता भन्न भ्याए । प्रचण्ड असल बाबु, काका, ससुरो, सम्धी भएको

    भन्दै तर उनी धोकेबाज नेता भएको उनको भनाइ थियो । 'प्रचण्ड असल बाउ हो, काका हो, असल ससुरो हो । तर धोकेबाज नेता हो । राम्रो सम्धी, राम्रो ससुरो, राम्रो ज्वाई राम्रो बा, राम्रो काका । उहाँ सबै हिसाबलेः राम्रो तर एउटैमात्र खराबी छट्टु नेता हो ।

    कार्यकर्तालाई झुक्याएर, छक्याएर आफ्नो राजनीतिक दुनो सोझ्याउने मात्र हुन्,' उनले भने । आफ्नै कार्यकर्ताको हत्या घटना घटाउने उपेन्द्र यादवसँग प्रचण्डले गठबन्धन गरेर लेनदेनको राजनीति गरेको ओलीको आरोप थियो । 'प्रचण्ड यस्तो तान्त्रिक, मायावी मान्छे हो । जादुगरलेजस्तो यस्तरी मान्छे भुल्याउने अलमल्याउने गर्छन् । मान्छेलाई हो कि जस्तो पारेर भुल्याउँछन् ।

    २०६४ मा सरकार बनाएर के गरे । शहिद फालिएका छन् । गौरमा २४ जना मारिएका छन् । तिनैसँग शौदाबाजी गरिरहेका छन् । कार्यकर्ता मारिरहेका छन् । त्यस्तो घटना घटाउनेसँग लेनदेनको राजनीति गरिरहेका छन्,' उनले भने । ओलीले थपे, 'प्रचण्डले एउटा चोइटो लगेर गएका माओवादी केन्द्रको नाममा । प्रचण्डले लगेको माधव गुट मात्रै हो । माओवादी केन्द्र होइन । प्रचण्डको मोह जालमा नपर्नुस् । फर्किनुस् ।'

    जनाधार गुमाइसकेर अझै प्रचण्डले धम्क्याउने गरेको बताउँदै उनले भने, 'धम्क्याउनुपर्योग भने म आगो हुँ नजिक्याउ भन्ने । मैले पनि २ बाल्टी पानी हाल्दिउला भने । के को आँटले धम्क्याउन खोजेको हो ?' प्रचण्डको पछाडि लागेर जिन्दगी बर्बाद नपार्न माओवादी केन्द्रमा अल्झिएकालाई ओलीले आग्रह गरे ।

    भाद्र २९, २०७८ मंगलवार १७:२१:५० बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana