Logo

सोमवार, आश्विन ४ गते २०७८

सभामुख सापकोटालाई सुवास नेम्वाङले सिकाए पाठ

सभामुख सापकोटालाई सुवास नेम्वाङले सिकाए पाठ

नेपालपाना भाद्र २९ २०७८
  • 3.8K
    SHARES
  • सभामुख सापकोटालाई सुवास नेम्वाङले सिकाए पाठ

    काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफैँले स्थापित गरेको अभ्यास र कानूनअनुसार चल्न सभामुख अग्निप्रसाद सापकोटालाई अनुरोध गरेका छन् ।

    पार्टीका नेता कसलाई कारबाही गर्न हुन्छ र कसलाई कारबाही गर्न हुँदैन भन्ने कुरा सभामुखको अधिकार क्षेत्रभित्र नभएको जिकिर गर्दै उपनेता नेम्वाङले सभामुखले कसैप्रति भेदभाव गर्न नहुने बताएका हुन् । 

    नेकपा (एमाले) ले पार्टीको ह्वीप उल्लङ्घन गर्ने १४ सांसदलाई पदमुक्त नगरेको भन्दै संसद् बैठक अवरोध गर्दै आएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै नेता नेम्वाङले सभामुखलाई स्थापित अभ्यासबमोजिम चल्न आग्रह गरे ।

    भाद्र २९, २०७८ मंगलवार १९:०७:१९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सभामुख सापकोटा

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana