Logo

सोमवार, आश्विन ४ गते २०७८

बोक्सीको आरोपमा नेपालको राजधानी काठमाडौंमा महिलामाथि कुटपिट

बोक्सीको आरोपमा नेपालको राजधानी काठमाडौंमा महिलामाथि कुटपिट

नेपालपाना भाद्र २९ २०७८
  • 1.1K
    SHARES
  • बोक्सीको आरोपमा नेपालको राजधानी काठमाडौंमा महिलामाथि कुटपिट

    काठमाडौं। देशको राजधानी जस्तो शहरमा नै पेट दुख्ने समस्या भएकी महिलामाथि बोक्सी आरोपमा कुटपिट भएको छ । 

    अहिले काठमाडौं प्रहरी परिसर, टेकुले कुटपीटमा संलग्न पीडित महिलाकी श्रीमान्, धामी दीपेन्द्रकुमार थिङ, दशनारायण महर्जन र जनार्दन पाण्डेलाई पक्राउ गरेको छ ।

    स्वयम्भूको ठूलो भर्‍याङमा ९ दिनअघि भएको घटनाबारे जाहेरी परेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमाथि ७ दिनको म्याद थप भइ अनुसन्धान भइरहेको छ ।

    प्रहरीका अनुसार ट्याक्सी चालक रहेका पीडितको श्रीमान्ले उपचारका लागि भन्दै थिङ कहाँ लगेका थिए । 

    थिङले महिलालाई बोक्सी चढेको बताएपछि श्रीमानसहित महर्जन र पाण्डेले पनि कुटपिट गरेको पीडितको जाहेरीमा उल्लेख छ । प्रहरीकहाँ जाहेरी दिन आउँदा महिलाको शरीरमा निलडाम देखिएको थियो ।

    भाद्र २९, २०७८ मंगलवार २०:५७:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # समाचार

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana