Logo

सोमवार, आश्विन ४ गते २०७८

गठबन्धनबाट हैरान प्रधानमन्त्री देउवाले चाल्दैछन् ठूलो कदम, बाबुरामले गरे खास खुलासा

गठबन्धनबाट हैरान प्रधानमन्त्री देउवाले चाल्दैछन् ठूलो कदम, बाबुरामले गरे खास खुलासा

नेपालपाना भाद्र ३० २०७८
  • 6.0K
    SHARES
  • गठबन्धनबाट हैरान प्रधानमन्त्री देउवाले चाल्दैछन् ठूलो कदम, बाबुरामले गरे खास खुलासा

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सत्ता गठबन्धन धेरै नटिक्ने संकेत गरेका छन् । 

    गृहजिल्ला गोरखामा सञ्चारकर्मीसँग कुरा गर्दै बाबुरामले आगामी निर्वाचनसम्म यो गठबन्धन रहने सम्भावना नभएको उल्लेख गरे । 

    बाबुरामको संकेत संविधानको धारा ७६ (५) अन्तर्गतका प्रधानमन्त्री शेरबहादुर देउवाले ७६ (७) अनुसार पुन प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा जानेतर्फ थियो । त्यसैगरी बाबुरामले कांग्रेस र एमाले गठबन्धन पनि बन्न सक्ने संकेत गरेका छन् । 

    त्यसो त अहिलेको सत्ता गठबन्धनका नेताहरुको अनिर्णय बन्दी बन्ने बानीबाट आजित देउवाले यसबाट मुक्ति पाउन प्रतिनिधिसभा विघटन गरेर चुनावमा जानु ठिक हुनेतर्फ सोचिरहेको बालुवाटार सुत्रबाट बाहिर आएको छ । 

    यस्तो बेला बाबुरामले पनि प्रतिनिधिसभा विघटन हुने संकेत गरेका हुन् । कुटनीतिक जवाफ दिँदै बाबुरामले भनेका छन्, ‘आगामी निर्वाचनसम्म नै गठबन्धन जान्छ कि जाँदैन भन्न सकिँदैन । तर निर्वाचन गर्नेबेलासम्म यो गठबन्धन रहनुपर्छ भन्ने हाम्रो मान्यता चाहिँ छ । तर, बहुदलीय लोकतन्त्रमा दलहरू, गठबन्धनहरू फरक फरक बन्न सक्छन् । त्यसैले के हुन्छ अहिल्यै भन्न सकिँदैन । हामी यति चाहन्छौँ कि एउटा बलियो समाजवादी केन्द्र निर्माण होस्, त्यसले कम्युनिस्ट र कांग्रेसको भरपर्दो अग्रगामी विकल्प दिओस् । अब के हुन्छ त्यो त भविष्यले नै देखाउला ।’

    भाद्र ३०, २०७८ बुधवार ०९:०२:१२ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana