Logo

सोमवार, कार्तिक १ गते २०७८

images

सावधान ! यो पुतलीबाट लाग्ने सापु रोग बढ्न थाल्यो

सावधान ! यो पुतलीबाट लाग्ने सापु रोग बढ्न थाल्यो

नेपालपाना आश्विन १ २०७८
  • 4.0K
    SHARES
  • सावधान ! यो पुतलीबाट लाग्ने सापु रोग बढ्न थाल्यो

    गुल्मी। गुल्मीमा सेतो पुतलीबाट लाग्ने सापु रोगका बिरामी देखिन थालेका छन् । आँखा उपचार केन्द्र्र गुल्मीबाट हालसम्म चारजना बिरामीलाई रणअम्बिका आँखा अस्पताल भैरहवामा रिफर गरिएको छ । 

    तीमध्ये मालिका र गुल्मी दरबार गाउँपालिकाका एक÷एक जना तथा मुसिकोट नगरपालिकाका दुई जना रहेका छन् । 

    सेतो पुतलीको असर हुनेबित्तिकै केन्द्रमा आएकाले आफूहरुले प्राथमिक उपचार गरेर रिफर गरेको आँखा उपचार केन्द्रका नेत्र अधिकृत सूर्यबहादुर बस्नेतले जानकारी दिए । 

    सम्पर्कमा आएका सात बिरामीलाई भने सिधै भैरहवा जान सुझाव दिइएको केन्द्रले जनाएको छ । 

    अहिले पनि दैनिक तीन÷चार जनाको सङ्ख्यामा सापु रोगको शङ्कामा बिरामी आउने गरेको बस्नेतले जानकारी दिए । 

    सापुको शङ्का लाग्नेबित्तिकै तत्काल स्वास्थ्य संस्थामा जान अनुरोध गर्दै बस्नेतले र अटेरी गरेमा आँखाको ज्योति नै गुम्न सक्ने बताए। 

    आश्विन १, २०७८ शुक्रवार १८:४०:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana