Logo

सोमवार, कार्तिक १ गते २०७८

images

पाकिस्तान : बलुचिस्तानको मांगी बाँधविरुद्ध प्रदर्शन गर्नेहरुमाथि प्रहरीद्वारा लाठी चार्ज

पाकिस्तान : बलुचिस्तानको मांगी बाँधविरुद्ध प्रदर्शन गर्नेहरुमाथि प्रहरीद्वारा लाठी चार्ज

नेपालपाना आश्विन २ २०७८
  • 3.0K
    SHARES
  • पाकिस्तान : बलुचिस्तानको मांगी बाँधविरुद्ध प्रदर्शन गर्नेहरुमाथि प्रहरीद्वारा लाठी चार्ज

    बलुचिस्तान। बलुचिस्तानको मांगी बाँधविरुद्ध प्रदर्शन गर्नेहरुविरुद्ध प्रहरी अधिकारीहरुले लाठी चार्ज गरेका छन्।  बाँध निमार्णस्थल नजिकै भएको विस्फोटमा तीन सुरक्षाकर्मीहरु मारिएपछि जिल्लाबाट फ्रन्टियर कोर्प्स र सशस्त्र बल फिर्ताको माग गर्दै प्रदर्शन गरिएको थियो। 

    प्रदर्शनको कारण, बलुचिस्तानमा राष्ट्रिय राजमार्गहरु बन्द र पञ्जाब र खैबरपख्तुनख्वाको यातायात अवरुद्ध भएको थियो। प्रहरीले पख्तुनख्वा मिली अवामी पार्टीका नेता युसुफ खान काकरलाई पनि पक्राउ गरेर हिरासतमा राखेको छ। 

    एक्सप्रेस ट्रिब्युनले एक स्रोतलाई उद्धृत गर्दै भनेको छ, प्रान्तका सबै जिल्लाहरुमा शटर डाउन गर्दै हडतालको आयोजना गरिएको थियो। सोही क्रममा राष्ट्रिय राजमार्गहरु पनि बन्द थिए। बलुचिस्तानबाट पञ्जाब र खैबर पख्तुनख्वासम्मको यातायात पनि रोकिएको थियो। 

    सोही समयमा प्रहरी अधिकारीहरु आएर प्रदर्शनलाई दमन गर्नका लागि लाठी चार्ज गर्दै केहीलाई नियन्त्रणमा लिइएको थियो। वार्तापछि पक्राउ परेकाहरुलाई रिहा गरिएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन्। 

    बलुचिस्तानको जिरात जिल्लामा बिहीबार उनीहरुको गाडीले ल्याण्डमाइन खस्दा तीन लेवी कर्मचारीको मृत्यु भएको छ भने धेरै घाइते भएका छन्। प्रान्तीय सरकारका प्रवक्ता लियाकत शाहवानीले मजदुरहरुको गाडी मांगी बाँध नजिकै एक बारुदी सुरंगमा ठोक्किँदा विस्फोट भएको बताएका छन्। 

    सुरक्षा स्रोतका अनुसार मांगी बाँधमा काम गर्ने चार मजदुरलाई अज्ञात हतियारधारीहरुले अपहरण गरेका थिए। लेनिज पार्टीले ल्याण्डमाइन खस्दा कामदारहरुलाई रिहा गर्नको लागी यस क्षेत्रको यात्रा गरिरहेको थियो।

    लेवीज बलुचिस्तान प्रान्तको आदिवासी इलाकामा कानून र व्यवस्था कायम गर्ने जिम्मामा रहेको बल हो भने फ्रन्टियर कोर पाकिस्तानको अर्धसैनिक बल हो जुन हाल बलुचिस्तान प्रान्तमा तैनाथ छ। 

    बलुचिस्तानमो प्राकृतिक स्रोत दोहन गदै पाकिस्तान सरकाले त्यहाँका जनतामाथि दमन गरिरहेको छ। बुलचहरुले स्वतन्त्रताको माग गर्दै दशकौंदेखि आन्दोल र प्रदर्शनहरु गरिरहेका छन्। पाकिस्तान सरकारले उक्त आन्दोलनलाई दबाउनका लागि विभिन्न रणनीतिहरु चालिरहेको छ। 

    आश्विन २, २०७८ शनिवार ०९:१७:४९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पाकिस्तान

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana