Logo

सोमवार, कार्तिक ८ गते २०७८

images

प्रचण्ड-माधव-उपेन्द्रले देउवालाई फसाएपछि एमाले चिन्तित ! यस्तो प्रचण्डको 'शकुनी चाल'

प्रचण्ड-माधव-उपेन्द्रले देउवालाई फसाएपछि एमाले चिन्तित ! यस्तो प्रचण्डको 'शकुनी चाल'

नेपालपाना आश्विन २ २०७८
  • 10.0K
    SHARES
  • प्रचण्ड-माधव-उपेन्द्रले देउवालाई फसाएपछि एमाले चिन्तित ! यस्तो प्रचण्डको 'शकुनी चाल'

    काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेस फरक पार्टी हो । चिन्तन विचार फरक छ । तर कांग्रेस र एमालेबीच यस्तो मित्रता छ जो ठूलो नेतादेखि सानो कार्यकर्तासम्म झल्किन्छ । अहिले फरक गठबन्धनमा भए पनि एमाले र कांग्रेस वैमनश्यता त्यति देखिँदैन जति कम्युनिस्टहरुबीच छ ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सत्ता गठबन्धनले सरकार चलाइरहेको छ । गठबन्धनमा प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादव सहयात्री छन् । तर यिनै सहयात्रीको कारण प्रधानमन्त्री देउवा भने अफ्ठेरोमा पर्दै गएका छन् । उनलाई असक्षम बनाउनेगरी सहयात्रीहरु लागेका छन् । असक्षम भनेर आलोचना सुरु भइसकेको छ । सहयात्रीका कारण देउवाले आफ्नो स्पिरिटमा काम गर्न पाएका छैनन् ।

    यतिसम्मकी दुई महिना कट्दा पनि मन्रि्रमण्डल विस्तार गर्न सकेका छैनन् । यो अवस्थामा कांग्रेस नेताहरुले सत्ता गठबन्धन छाडेर चुनावमा जानुपर्ने बहसमा उत्रिएका छन् । यहीँ बेला प्रमुख प्रतिपक्षी एमाले भने प्रधानमन्त्री देउवाप्रति सदासयता देखाएको छ ।

    एमाले कार्यकर्तादेखि नेतासम्म देउवालाई प्रचण्ड ग्याङले असफल बनाउँदै लगेको भन्दै चिन्तित छन् । एमाले सचेतक शान्ता चौधरी गठबन्धनका कारण प्रधानमन्त्री देउवा अक्षमताको मार्गको गएको बताउँछिन् । 'गठबन्धनलाई खुसी बनाउन खोज्दा खोज्दै आफू अक्षमताको मार्गमा गएको पत्तै पाउनुभएनछ, लौ बर्बाद,' चौधरीले चिन्ता व्यक्त गरेकी छन् ।

    त्यसैगरी एमालेकी विद्यार्थी नेतृ अस्मिता थापा आफ्नै सहयोद्धा सिध्याएका प्रचण्डले देउवामाथि पनि हमला थालेको भन्दै चिन्ता व्यक्त गरेकी छन् ।

    'प्रचण्डपथ आगो हो, कमरेड भन्ने गर्नुहुन्छ आगोसँग नखेल भस्म हुन्छौ, हुनपनि प्रचण्डपथले आफ्नै सहयोद्धा आलोकको सफाया गरो,बादल वैद्य बाबुरामहरुलाई धोबिघाट पुरायो।केपी ओलीलाई सिध्याउन नसकेपछि मादपलाई सडकमा ल्यायो । अब प्रचण्डपथले देउवा दाजुमाथि कान्तिपुरमार्फत हमला थाल्यो । बुझौं प्रचण्डपथ,' उनले कांग्रेसीजनलाई सचेत हुन अनुरोध गरेकी छन् ।

    एमालेका अन्य नेता कार्यकर्ताले पनि प्रधानमन्त्री देउवा तथा कांग्रेसीजन गठबन्धनका नेताहरुबाट सचेत हुनुपर्ने सुझाव दिइरहेका छन् ।

    आश्विन २, २०७८ शनिवार १३:१५:१९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काँग्रेस
  • # एमाले

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana