Logo

सोमवार, कार्तिक १ गते २०७८

images

संविधानविद्ले नै भने 'पुरावलोकन आवश्यक छ'

संविधानविद्ले नै भने 'पुरावलोकन आवश्यक छ'

नेपालपाना आश्विन ३ २०७८
  • 1.6K
    SHARES
  • संविधानविद्ले नै भने 'पुरावलोकन आवश्यक छ'

    काठमाडौं। पूर्वप्रधान्यायाधीश, संविधानका जानकार तथा राजनीतिक दलका नेताले पूरा अवधि काम गर्न नपाउँदै बहुुमतको सरकार फेरिने तथा पटक–पटक संसद् विघटनको घटनाले संविधान कार्यान्वयनको अवस्थाबारे गहन समीक्षाको आवश्यकता औँल्याएका छन् ।

    संविधान दिवसका अवसरमा नेपाल कानून समाज र संविधान निगरानी समूहद्वारा आज यहाँ आयोजित ‘संवैधानिक दूरदृष्टि र नेपालको वर्तमान अभ्यास’ विषयक कार्यक्रममा सहभागी वक्ताले जनआन्दोलनको उपलब्धि रक्षा र संविधानलाई दीर्घजीवी तुल्याउन संविधान कार्यान्वयनको समीक्षाको समय भइसकेको धारणा व्यक्त गरे ।

    सो अवसरमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले भने, “संविधान कार्यान्वनका सवलामा धेरै समस्या देखियो, अब मूल्याङ्कन गर्नुपर्छ, कहाँ चुुकेको छ, कहाँ नमिलेको छ, त्यसलाई सुुस्पष्ट गरी संविधानलाई दीर्घजीवी तुल्याउन र सङ्घीयतालगायतका उपलब्धि रक्षा गर्न संविधानको पुुनरावलोकन गर्ने समय भइसकेको छ ।”

    निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, मितव्ययी बनाउन र प्रजातन्त्रलाई व्यापारीकरणमा जान नदिन संविधान कार्यान्वयनको हालसम्मका समग्र प्रगतिको समीक्षा हुन आवश्यक रहेको बताउँदै उनले जनअपेक्षाअनुसार संविधानलाई संशोधन र सुधार नगरिए ठूूलो चुनौती सामना गर्नुपर्ने हुुनसक्छ भने।

    पूूर्वप्रधानन्यायाधीश सुुशीला कार्कीले लोकतन्त्रका लागि ठूूलो सङ्घर्ष र योगदान पुु¥याएका राजनीतिक दलकै नेताबाट समानुुपातिक निर्वाचन प्रणालीको व्यापक दुुरुपयोग भएकाले हालको छनोट गर्ने व्यवस्थामा सुुधारको खाँचो औँल्याए।

    सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतले अदालतमा जान नपर्ने विषयलाई प्रवेश गराउने तथा स्थापित मूल्य, मान्यतालाई आत्मसात नगर्ने प्रवृत्तिले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका निर्णय तरङ्गित र आलोचित भएको धारणा व्यक्त गर्नुभयो । उनले भने, “मुलुकले अहिले संवैधानिक अङ्गका बीचमा न्यायायिक आत्मसंयम खोजेको छ ।”

    आश्विन ३, २०७८ आइतवार २०:००:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # समाचार

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana