Logo

सोमवार, कार्तिक १ गते २०७८

images

फ्रान्सले राजदुत फिर्ता बोलाउने भनेपछि अमेरिकाले बिशेष कदम चाल्दै

फ्रान्सले राजदुत फिर्ता बोलाउने भनेपछि अमेरिकाले बिशेष कदम चाल्दै

नेपालपाना आश्विन ३ २०७८
  • 2.7K
    SHARES
  • फ्रान्सले राजदुत फिर्ता बोलाउने भनेपछि अमेरिकाले बिशेष कदम चाल्दै

    एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेन र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनबीच केही दिनमा पनडुब्बी सम्झौताका कारण निम्तिएको तनावबारे फोनवार्ता हुने फ्रान्सेली सरकारका प्रवक्ताले आइतबार बताएका छन्। 

    यो घोषणा फ्रान्सले वासिङ्टन र क्यानबेरामा रहेका आफ्ना राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको एक दिनपछि आएको हो । 

    अमेरिका–अस्ट्रेलियाको गोप्य वार्तापछि फ्रान्सेली पनडुब्बी खरिदका लागि गरेको अर्बौं डलरको सम्झौतालाई रद्द गर्ने अस्ट्रेलियाले निर्णय लिएको थियो तर यो निर्णयले फ्रान्सलाई घात गरेको भन्दै फ्रान्सेली अधिकारीहरूले सम्झौताको विरोध गरेका छन् । 

    प्रवक्ता गब्रिएल अट्टालले बीएफएम समाचार च्यानलसँग भने, “आगामी दिनमा फोनवार्ता हुनेछ ।” यस वार्ताका लागि बाइडेनबाट प्रस्ताव आएको उनले बताए । 

    म्याक्रोँले अमेरिका–अस्ट्रेलिया–बेलायत रक्षा सम्झौताबारे अमेरिकी राष्ट्रपतिसँग यसबारे सोधपुछ गर्नुहुनेछ । त्रिपक्षीय सम्झौतापछि क्यानबेराले अमेरिकी आणविक शक्ति भएका पनडुब्बीहरू किन्नेछ । यसका कारण यसपहिले अष्ट्रेलियाले सम्झौता गरेको डिजल–इलेक्ट्रिक फ्रान्सेली जहाजहरू किन्ने ठूलो सम्झौता रद्द हुनेछ । 

    “हामी स्पष्टीकरण चाहन्छौं,” अट्टलले भने । अमेरिकाले ‘ठूलो विश्वास घात’ जस्तो देखिएको कुराबारे जवाफ दिनुपर्ने उनले बताए ।

    आश्विन ३, २०७८ आइतवार २०:०३:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana