Logo

सोमवार, कार्तिक १ गते २०७८

images

एमाले विधानमा व्यापक संशोधनको तयारी, हट्ने भयो पोलिट्ब्यूरो 

एमाले विधानमा व्यापक संशोधनको तयारी, हट्ने भयो पोलिट्ब्यूरो 

नेपालपाना आश्विन ३ २०७८
  • 3.8K
    SHARES
  • एमाले विधानमा व्यापक संशोधनको तयारी, हट्ने भयो पोलिट्ब्यूरो 

    काठमाडौं। नेकपा एमालेको आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा पोलिट्ब्यूरो संरचना नराख्ने राखिएको हो ।  

    यसाक साटो साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अभ्यास गरेको जस्तै सात सदस्यीय सचिवालय समिति बनाउने प्रस्ताव गरिएको छ । 

    तर स्थायी कमिटी भने कायम राख्ने प्रस्ताव छ । प्रस्तावअनुसार, ३५ सदस्यीय स्थायी कमिटी बन्नेछ । केन्द्रीय कमिटीको संख्या २२५ सदस्यीय प्रस्ताव गरिएको छ ।

    यसअघि सचिवको संख्या पाँच थियो । नयाँ प्रस्तावअनुसार एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, सात सचिव रहनेछन् ।

    एमालेको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी संख्या पनि हेरफेर गर्ने प्रस्ताव गरिएको छ । यसअघि पाँच उपाध्यक्ष रहेकोमा अव तीन उपाध्यक्ष रहनेछन् । तर सचिवको संख्या भने सात पुर्‍याउने प्रस्ताव छ ।

    आश्विन ३, २०७८ आइतवार २०:१४:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एमाले

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana