Logo

सोमवार, कार्तिक १ गते २०७८

images

ओमनले नेपाललाई जितका लागि १२२ रनको लक्ष्य दियो

ओमनले नेपाललाई जितका लागि १२२ रनको लक्ष्य दियो

नेपालपाना आश्विन ३ २०७८
  • 1.8K
    SHARES
  • ओमनले नेपाललाई जितका लागि १२२ रनको लक्ष्य दियो

    काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा ओमानले नेपाललाई जितका लागि १२२ रनको लक्ष्य दिएको छ । ओमनको अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले ३७ ओभर दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १२१ रनमा समेटियो । 

    ओमानका लागि कप्तान जिशान मक्सुदले सर्वाधिक ४१ रन बनाए । उनले ६६ बलमा दुई चौका र एक छक्कासहित सर्वाधिक ४१ रनको योगदान दिएका हुन् । यस्तै जतिन्दर सिंहले १३ रन जोड्दा नसिम खुशी १२ रनमा आउट भए । सन्दीप गौडले आठ तथा आयन खानले सात रन जोड्दा सुफ्यान मेहमुद र मोहमद नदीमले चार÷चार रन जोडे । कालिम उल्लाह ११ रनमा अविजित रहँदा बिलाल खानले नौ रन बनाए ।

    ओमानलाई सस्तैमा समेट्ने क्रममा तीव्रगतिका बलर करण केसी र स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । करण र सन्दीपले चार÷चार विकेट लिए भने शरद भेषवाकरले दुई विकेट लिए । सन्दीपले ८।१ ओभरमा दुई मेडनसहित १८ रन खर्चेर चार विकेट लिएका हुन् । त्यस्तै करणले आठ ओभरमा एक मेडनसहित २५ रन खर्चेर चार विकेट लिन सफल भए ।

    आश्विन ३, २०७८ आइतवार २०:४६:२५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # खेल

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana