Logo

आइतवार, मंसिर १८ गते २०७९

अराजक अमरेश सिंह: एकातिर मन्त्रीमाथि आफैं जाइलाग्ने, अर्कोतिर सानेपामा उफ्रिने, जिल्लाले लियो एक्सन

अराजक अमरेश सिंह: एकातिर मन्त्रीमाथि आफैं जाइलाग्ने, अर्कोतिर सानेपामा उफ्रिने, जिल्लाले लियो एक्सन

नेपालपाना आश्विन ७ २०७८
  • 21.7K
    SHARES
  • अराजक अमरेश सिंह: एकातिर मन्त्रीमाथि आफैं जाइलाग्ने, अर्कोतिर सानेपामा उफ्रिने, जिल्लाले लियो एक्सन

    काठमाडौं । नेपाली कांग्रेस सर्लाही निर्वाचन क्षेत्र ४ बाट निर्वाचित संघीय सांसद अमरेशकुमार सिंह पार्टीभित्र अराजक बन्दै गएका छन् ।

    दुर्भाग्य त के छ भने सिंहको अराजकतामा बुझ्दै नबुझी सभापति शेरबहादुर देउवालाई सताउने नियतले पौडेल समूह पनि संलग्न हुन पुगेको छ । आफ्नो निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यतामा धाधली गर्न नपाएपछि सिंहले सांसदबाट राजीनामाको स्टस्टदेखि केन्द्रीय कार्यालय सानेपामा रिले अनशनसम्म राख्न लगाए । आफै पनि संलग्न भए । त्यतिले पनि नपुगेपछि बुधबार केन्द्रीय कार्यालय पुगेका कांग्रेसबाट प्रदेश २ का खेलकुद वीरेन्द्रप्रसाद सिंहमाथि जाइलागे ।

    आफूनिकट सर्लाहीका बरहथवा नगरपालिका–४ का वडाध्यक्ष लाखिन्द्र महतोको समूहलाई खटाएर अमरेशले केन्द्रीय कार्यालय सानेपामै मन्त्री सिंहमाथि हमला गराए । बुधबार मन्त्रीमाथि गालीगलौच तथा धकेल धाकल गरेर हातपातमै उत्रेर दुर्व्यवहार गर्न लगाएका अमरेशले आज आफूनिकट वडाध्यक्ष महतोमाथि मन्त्रीले कुटपिट गरेको भन्दै सानेपामा प्रदर्शन गर्न लगाए ।

    रोचक त के छ भने अमरेशको स्टन्टमा रामचन्द्र पौडेल समूहका प्रकाशमान सिंह, शेखर कोइराला लगायत सामेल भए । चर्का भाषण गरे । अमरेशको द्वैध रणनीति अन्तर्गतको गतिविधिमा सामेल भए । अमरेशले आफै गल्ती गरेर आफै पीडितजस्तो व्यवहार गरेपछि पौडेल समूहलाई मैदानमा उतारेपछि सर्लाही जिल्ला कार्यसमितिले एक्सन लिएको छ ।

    अमरेशको समूहबाट मन्त्री सिंहमाथि दुर्व्यवहार भएको कारवाहीको माग गरेको छ । जिल्ला सभापति नागेन्द्र कुमारले विज्ञप्ति जारी गरेर अमरेशको उक्साहटमा मन्त्री सिंहमाथि १०/१२ जनाको समूहले दुर्व्यवहार गरेको भन्दै यस्ता निच र निन्दनीय कार्य गर्ने र गराउनेलाई पार्टीको विधानबमोजिम अनुशासनको कडाभन्दा कडा कारवाही गर्न केन्द्रीय कार्यालयसँग जोडदार मांग गरेका छन् ।

    यसैबीच मन्त्री सिंहमाथि सुनियोजित रुपमा गालीगलौच एवं दुर्व्यवहारर गरिएको भन्दै क्षेत्रीय समितिले पनि कारवाहीको माग गरेको हो । बिहीबार प्रदेश मन्त्री सिंह, पूर्व सांसद हरेश महतोसहितको उपस्थितिमा क्षेत्रीय सभापति रामआश्रय साहले पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत् सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् ।

    आश्विन ७, २०७८ बिहिवार १८:५९:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अमरेश कुमार सिंह

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend