Logo

शनिवार, आषाढ ११ गते २०७९

images

एकीकृत समाजवादीका नेता भन्छन्- एमालेसँगको विद्रोह बाध्यता’

एकीकृत समाजवादीका नेता भन्छन्- एमालेसँगको विद्रोह बाध्यता’

नेपालपाना आश्विन ९ २०७८
  • 4.8K
    SHARES
  • एकीकृत समाजवादीका नेता भन्छन्- एमालेसँगको विद्रोह बाध्यता’

    बाग्लुङ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेताहरूले एमाले पार्टीविरुद्धको विद्रोह बाध्यतात्मक परिस्थितिको उपज भएको बताएका छन् । नेकपा (एस)को जिल्ला भेला तथा कमिटी घोषणा कार्यक्रममा उनीहरूले कम्युनिष्ट आन्दोलनलाई पुर्नगठन र एकीकृत गर्न चुनौतीपूर्ण बाटो रोजेको जनाए ।

    पार्टी केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश इञ्चार्ज केशवलाल श्रेष्ठले नेकपा ९एमाले० दक्षिणपन्थी विर्सजन र राष्ट्रिय आत्मसर्मपणवादतिर गएकाले विद्रोहमार्फत नयाँ पार्टी गठन गर्नुपरेको बताउनुभयो । “पार्टीभित्र सैद्धान्तिक, विचारधारात्मक र राजनीतिक समस्या देखियो”, उहाँले भन्नुभयो, “नवौँ महाधिवेशनका कार्यभारलाई नेतृत्वले पूरा नगरेपछि हामीले एमालेमा बसिरहनु उचित देखेनौँ ।”

    एमाले निर्माणमा जीवनकाल बिताएका, रगत, पसिना बगाएका नेता÷कार्यकर्ताका लागि पार्टी छोड्नुपर्दा पीडा भए पनि विकल्पविहीन स्थितिमा विद्रोहमा जानुपरेको उपाध्यक्ष श्रेष्ठको भनाइ छ । उहाँले कम्युनिष्ट आन्दोलनको पुनःनिर्माण र एकीकरणको जगमा समाजवादको लक्ष्यमा पुग्न नसकेमा नयाँ पार्टी निर्माणको औचित्य पुष्टि नहुने उल्लेख गर्नुभयो ।

    पार्टीका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठले एमालेसहित अन्य कम्युनिष्ट पार्टीसँग प्रतिस्पर्धा गर्दै नेकपा ९एस०लाई श्रेष्ठता दिलाउनुपर्ने दायित्व आफूहरुमा आएको बताउनुभयो । नयाँ पार्टी बनाउनु रहर नभई बाध्यता भएको उहाँको भनाइ छ । सदस्य श्रेष्ठले एमालेले कम्युनिष्ट सिद्धान्त र आदर्शलाई लत्याउँदै गएको आरोप लगाउनुभयो ।

    आश्विन ९, २०७८ शनिवार २०:२६:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एमाले

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend