काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेमा पार्टीमा रहेको ७० वर्षे उमेर हदको प्रावधान कडाइका साथ लागु गर्न सुझाव एक समूहबाट आएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधनसम्बन्धी प्रस्तावमाथि लुम्बिनी प्रदेशबाट समूहबाट सुझाव दिने क्रममा नेताहरुले यस्तो भनेका हुन्।
एमाले टोली नेता दलबहादुर रानाले एमालेको विधानमै साम्यवाद पनि उल्लेख गरिनुपर्ने सुझाव दिएका छन्।
यस्तै मगरले समूहगतले धर्मनिरपेक्षतालाई पार्टीको विधानमै उल्लेख गरेर जानुपर्ने सुझाव दिएका छन्।
सुझाव दिने क्रममा मगरले पार्टीमा रहेको ७० वर्षे उमेर हदको प्रावधान कडाइका साथ लागु गर्न पनि नेतृत्वलाई सुझाव दिएका हुन्।