Logo

मंगलवार, आषाढ १४ गते २०७९

images

भीम रावलकै अगाडि लेखराज भट्टले भने- एमालेको सुदूरपश्चिम इन्चार्ज म नै हो

भीम रावलकै अगाडि लेखराज भट्टले भने- एमालेको सुदूरपश्चिम इन्चार्ज म नै हो

नेपालपाना आश्विन १२ २०७८
  • 7.3K
    SHARES
  • भीम रावलकै अगाडि लेखराज भट्टले भने- एमालेको सुदूरपश्चिम इन्चार्ज म नै हो

    काठमाडौं। यतिबेला नेकपा एमालेमा विविध किसिमका आन्तरिक उल्झन पैदा भएका छन् । यसबिच सुदुरपश्चिम पार्टी इन्चार्जको बिषयमा समेत एमालेमा आन्तरिक विवाद देखिन्छ ।

    मंगलबार एमाले उपाध्यक्ष भीम रावल नेतृत्वमा १० बुँदे कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि गठित कार्यदलको बैठकपछि लेखराज भट्टले सुदुरपश्चिमको इन्चार्ज आफु भएको बताएका छन् ।

    मंगलबार थापाथली हाइटस्थित एमाले केन्द्रीय कार्यालयमा १० बुँदे सहमति कार्यान्वयन र विधान महाधिवेशनमा केन्द्रित रहेर छलफलपछि उनले यस्तो बताएका हुन् ।

    'विवाद देखिएका ठाउँमा कुरो मिलाउने सहमति भएको छ, बाहिर आए जस्तो सुदूरपश्चिममा कुनै विवाद छैन। त्यहाँको इन्चार्ज अहिले पनि म नै हो।' कार्यदल संयोजक रावल र नेता भट्टबीच सुदूरपश्चिम प्रदेशको पार्टीको इन्चार्जको विषयलाई लिएर विवाद छ।  संयोजक रावलले उक्त विवाद पनि १० बुँदे सहमति कार्यान्वयनकै क्रममा समाधान भएर जाने विश्वास व्यक्त गरेका छन्। 

    कार्यदलमा संयोजक रावलसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्धय विष्णु पौडेल, घनश्याम भुसाल,  स्थायी कमिटीका सदस्यहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे र भट्ट रहेका छन्। 

    आश्विन १२, २०७८ मंगलवार १८:१८:३५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एमाले

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend