Logo

सोमवार, कार्तिक १ गते २०७८

images

स्मार्टडोको– ‘स्मार्ट दशैं अफर’ : २० प्रतिशत क्यास ब्याकदेखि विभिन्न आकर्षक उपहारसम्म

स्मार्टडोको– ‘स्मार्ट दशैं अफर’ : २० प्रतिशत क्यास ब्याकदेखि विभिन्न आकर्षक उपहारसम्म

नेपालपाना आश्विन १४ २०७८
  • 1.7K
    SHARES
  • स्मार्टडोको– ‘स्मार्ट दशैं अफर’ : २० प्रतिशत क्यास ब्याकदेखि विभिन्न आकर्षक उपहारसम्म

    काठमाडौं । स्मार्टडोको, नेपालको सबैभन्दा धेरै रेटिङ प्राप्त भएको ई–कमर्श एपले नेपालीहरुको महान चाड दशैंतिहारको अवसरमा ‘स्मार्ट दशैं अफर’ ल्याएको छ ।

    अफरअन्तर्गत ग्राहकले हिमालयन बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाइन भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक (रु ७५० सम्म), साथै बैंक अफ काठमाडौंको डेबिट र क्रेडिट कार्डबाट अनलाइन भुक्तानी गर्दा २० प्रतिशत क्यास ब्याक (रु १५०० सम्म) र माछापुच्रेडौ बैंकको डेबिट र क्रेडिट कार्डबाट अनलाइन भुक्तानी गर्दा दैनिक २१ प्रतिशत क्यास ब्याक (रु २१० सम्म) पाउने छन् ।

    यो दशैंमा ग्राहकहरुले दैनिक १० हजार रुपैयाँसम्मको आकर्षक उपहारसमेत जित्न सक्ने स्मार्टडोकोले जनाएको छ । स्मार्टडोकोबाट सामान खरीद गर्दा ग्राहकले डाइमण्ड ओमेगा १८ लिटरको ओभर टोस्टर ग्रिलर, क्रेन इलेक्ट्रिकल अल्ट्रासोनिक कुल एयर प्युरिफायर, पोको किड्स गिफ्ट भाउचर, बेबी ट्रि गिफ्ट भाउचर, इनर्जाइजर पावर बैंक, गोल्डस्टार जी १० जुत्ता र वाइड मेन्स् जापानिज क्वार्टाज मुभमेन्ट जेन्युन लेदर ब्याण्ड रिस्टवाच अफरअन्तर्गत पाउने छन् । 

    स्मार्टडोकोले स्मार्ट दशैं अफरमा ग्राहकलाई इलेक्ट्रिोनिक्स, हेल्थ एण्ड ब्यूटी, एपिरियल्स, बेबी केयर र अन्य सामग्रीहरु सस्तो मूल्यमा उपलब्ध गराउँदै आएको छ । साथै ग्राहकले अधिकतम ७० प्रतिशतसम्म छुट पाउनेसमेत व्यवस्था गरिएको छ । अफरअन्तर्गत आफूलाई मनपर्ने विभिन्न उपहारहरु स्मार्टडोकोको वेवसाइट तथा एपबाट अर्डर गरी फाइदा लिन सक्ने छन् । ग्राहकले एन्ड्रोइड र आइओएस डिभाइसमा एप डाउनलोड गर्न सक्नेछन् । 

    स्मार्टडोकोसँग १० हजारभन्दा बढी प्रडक्टहरु छन् । ग्राहकले १० फरक वर्गका सामानहरु जस्तै कोभिड–१९ का लागि आवश्यक सामग्री, फूड र ग्रोसरी, हेल्थ एण्ड ब्यूटी, इलेक्ट्रोनिक्स, होम र लिभिङ, बेबी केयर र अन्य सामग्रीहरु स्मार्टडोकोबाट खरीद गर्न सक्नेछन् । साथै, ग्राहकले विहान ११ बजेभन्दा अगाडि अर्डर गरेमा सोही दिन सामान पाउन सक्नेछन् ।
    स्मार्टडोकोका ग्राहकले काठमाडौं उपत्यहाको रिङरोडभित्र निःशुल्क डेलिभरी र रिङरोडभन्दा बाहिर निकै कम शुलकमा समान डेलिभरीको सुविधा पाउन सक्ने जनाएको छ । यो अफर १४-२१ असोजसम्म लागु हुने स्मार्टडोकोले जनाएको छ ।

    आश्विन १४, २०७८ बिहिवार १२:५२:५० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्मार्ट दशैं अफर

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana