Logo

शनिवार, आषाढ ११ गते २०७९

images

पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाउँदै एमाले

पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाउँदै एमाले

नेपालपाना आश्विन १५ २०७८
  • 4.7K
    SHARES
  • पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाउँदै एमाले

    काठमाडौं। नेकपा (एमाले)ले उपमहासचिव, पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाउने प्रस्ताव अघि सारेको छ ।

    शुक्रबारदेखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु भएको प्रथम विधान महाधिवेशनमा उक्त प्रस्ताव गरिएको हो । 

    विधान संशोधन प्रस्तावमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव र ६ सचिवको व्यवस्था गरिएको छ । 

    यसअघि केन्द्रीय कमिटी बैठकमा तीन वा सात उपाध्यक्ष हुनेबारेमा छलफल भएको थियो ।

     तर उपाध्यक्ष भने पहिल्यैै पाँच जना राख्ने व्यवस्था गरिएको छ । यस्तै केन्द्रीय कमिटी २२५ जनाको रहने आज पेश गरिएको संशोधन विधानमा उल्लेख छ । 

    महाधिवेशनमा पेश गरिएको विधानमा दुई उपमहासचिवको व्यवस्थालाई हटाउँदै एक सचिव थप गर्ने प्रस्ताव गरिएको छ ।

     यसअघि पार्टीको नवौँ महाधिवेशनमा दुई उपमहासचिवको व्यवस्था गरिएको छ । 

    आश्विन १५, २०७८ शुक्रवार १८:४०:४० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एमाले

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend